काठमाडौं । आज सुन चाँदीको भाउ घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४८ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ४९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर १ हजार ७६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो पनि चाँदी १ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।

















