काठमाडौं । आज सुन चाँदीको भाउ घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोलामा २२ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर १ हजार ८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार चाँदी १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको थियो ।

















