IME Life New

आजदेखि त्रिभुवन विमानस्थलबाट दैनिक १० घन्टा उडान बन्द, भाडा महँगियो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । भौतिक पूर्वाधार निर्माण गर्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज शुक्रबारदेखि करिब ५ महिना दैनिक १० घन्टा बन्द हुने भएको छ। नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घन्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको हो।

प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेसनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ। यी काम पूरा गर्न १५ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ। स्तरोन्नतिका क्रममा राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै उडान कटौती हुनेछन्। हाल विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको थियो।

Crest

उडान वा अवतरणपछि अस्थायी रुपमा विमानलाई विश्राम गराउनका लागि धावन मार्ग सँगै जोडिएर बनाइएको विमान पार्किङस्थाललाई ट्याक्सीवे भनिन्छ। यसैगरी विमानको नियमित मर्मतसम्भारका लागि बनाइएको वर्कसपलाई ह्याङ्गर भनिन्छ। वर्कसपभन्दा बाहिर जहाँ विमानलाई पार्किङ गरेर खुला आकाशमुनि मर्मतसम्भार कार्य गरिने ठाउँलाई ह्याङ्गर अप्रोन भनिन्छ।

विमानस्थल आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले उडान सुरक्षामा कुनै खतरा हुन नदिन निर्माण कार्यको समयमा उडान बन्द गरिएको उल्लेख गरे। ट्याक्सीवे निर्माणकार्य द्रुतगतिमा सम्पन्न गर्नका लागि विमानस्थलको दक्षिणतर्फको कच्ची बाटोमा निर्माण सामग्री ओसार्ने टिपरको ताँती देखिएको छ।

२०७७ सालमा पनि यो विमास्थलको धावनमार्ग विस्तार गरी ३ हजार ३०० मिटर कायम गरिएको थियो। त्यस समयमा पनि दैनिक १२ घन्टा उडान बन्द गरिएको थियो। तत्कालीन समयमा विमानस्थलको धावनमार्गको दक्षिणतर्फ (कोटेश्वर क्षेत्र रनवे जिरो–टु) विस्तार भएको थियो।

यसैगरी २०७५ मा दैनिक १० घन्टा विमानस्थल बन्द गरेर झन्डै ४ महिना अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको कालोपत्रे पूर्ण रुपमा मर्मतसम्भार गरिएको थियो। यो विमानस्थलबाट सामान्य समयमा आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित १९ हवाई कम्पनी र अन्तर्राष्ट्रियतर्फ ३ वटा नेपाली वायुसेवा कम्पनीसहित ३० कम्पनीले उडान गर्दै आएका छन्।

मर्मतका कारण ३० प्रतिशत उडान कटौती भएसँगै हवाई भाडा ह्वात्तै बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS