IME Life New

आईएमई लाइफको कुल बीमाशूल्क आर्जन १ अर्ब ४५ करोड, जीवन बीमा कोषमा कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

आईएमई लाईफ इन्स्योरेन्सको चौथौ त्रैमासको वित्तिय विवरण अनुसार कम्पनीले १२ महिनाको अवधिमा एक अर्ब ४५ करोड १८ लाख रुपैयाको कूल बीमाशुल्क आर्जन गरेको छ ।

चालु आर्थिक वर्षको असार मसान्तको अन्त्यसम्ममा कम्पनीले एक करोड ११ लाख ४५ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ५५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

Crest

कम्पनीले १४ वटा दाबी फस्र्यौट गर्दै सो भुक्तानी गरेको हो । गत आवको सोही अवधिमा कम्पनीले चार वटा दाबीको भुक्तानी गरेको थियो ।
कम्पनीले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्म आइपुग्दा १० करोड ४० लाख ५८ हजार ४९६ रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले नौ करोड ८६ लाख ३२ हजार ३०१ रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत आवको असार मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी १ अर्ब ४०करोड रुपैयाँ रहेको छ । यस्तै कम्पनीको जीवन बीमा कोषमा ७० करोड २५ लाख, १८ करोड १६ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ९ करोड ८४ लाख रुपैयाँ संचित रहेको थियो ।

वित्तीय विवरणमा हाल कम्पनीको १० हजार ८ सय ७९ वटा बीमा लेखहरु कायम रहेको उल्लेख छ । चालु आवको चौथौ त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ४३ पैसा, प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ५८ पैसा रहेको छ ।

आईएमई लाइफ इन्स्योरेन्सको वित्तिय विवरणमा देखिएको मुनाफामा भने हेरफेर हुनसक्छ । जीवन बीमा कम्पनीहरुको अन्तिम मुनाफा अडिटबाट बीमांकीय मूल्याङ्कनले भूमिका खेल्ने हुँदा फरक पर्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS