IME Life New

आइएमई लाइफले घोषणा गर्यो नयाँ बोनश दर, न्युनतम २५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म दिने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

आइएमई लाइफ इन्स्योरेन्सले नयाँ बोनश दर घोषणा गरेको छ । कम्पनीले बीमितहरुलाई दिने नयाँ बोनश दर घोषणा गरेको हो ।
कम्पनीले प्रतिहजार न्युनतम २५ रुपैयाँदेखि अधिकतम ७० रुपैयासम्म बोनश दर दिने घोषणा गरेको हो । बीमा समितिले असार ३ गते दिएको स्वीकृती पश्चात कम्पनीले उक्त नयाँ नयाँ बोनश दर घोषणा गरेको हो ।

कम्पनीले ९ वर्षको सावाधिक, सावाधिक अग्रिम तथा आजीवन र अग्रिम भुक्तानी सावाधिक बीमा योजनामा २५ रुपैयाँ , १० देखि १४ वर्षसम्मको बीमा योजनाका लागि २५ रुपैयाँ दिने भएको छ ।

Crest

त्यस्तै कम्पनीले १५ वर्षदेखि १९ वर्षसम्म सावाधिकमा ३० रुपैयाँ तथा सावाधिक अग्रिम तथा आजीवन र अग्रिम भुक्तानी सावाधिक बीमा योजनामा ३५ रुपैयाँ दिने भएको छ । त्यसैगरी २० देखि २४ वर्षसम्म सावाधिक, सावाधिक अग्रिम तथा आजीवन र अग्रिम भुक्तानी सावाधिक बीमा योजनामा ४५ रुपैयाँ बोनश दर दिने भएको छ ।

इन्स्योरेन्स कम्पनीले २५ वर्ष वा सोभन्दा माथि सावाधिक, सावाधिक अग्रिम तथा आजीवन र अग्रिम भुक्तानी सावाधिक बीमा योजनामा ७० रुपैयाँ बोनश दर दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS