IME Life New

अहिलेकै माेडलमा स्वास्थ्य बीमा कार्यक्रम दीगाे हुन सक्दैनः अर्थमन्त्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । अर्थमन्त्री डा. प्रकाश शरण महतले अहिलेकै अवधारणामा स्वास्थ्य बीमा कार्यक्रम दीगाेपन र स्थायीत्व सुनिश्चित गर्न नसकिने बताएका छन् । नेपाल बीमा प्राधिकरण र बै‌ंकिङ समाचारले स‌ंयुक्तरूपमा साेमबार काठमाडाै‌ंमा आयाेजना गरेकाे कार्यक्रमलाई भिडियाे कलबाट सम्बाेधन गर्दै अर्थमन्त्री महतले स्वास्थ्य बीमा बाेर्डमार्फत् सञ्चालन भइरहेकाे स्वास्थ्य बीमा सही अर्थमा बीमा नभएकाे बताए ।

उनले भने, याे(स्वास्थ्य बीमा) वास्तविक अर्थमा बीमा हाेइन, तर यसले सर्वसाधारणलाई केही न केही सुरक्षा दिइरहेकाे छ। याे अलिक अनुदान जस्ताे भयाे, बीमा जस्ताे भएन ।

Esewa
Crest

स्वास्थ्य बीमा कार्यक्रममा सरकारी अनुदानकाे दुरूपयाेग भएकाे जानकारी मिलेकाे बताउँदै वास्तविक बीमा कम्पनीबाट सञ्चालन गर्न सके मात्र दुरूपयाेग राेक्न संभव हुने बताए । उनले भने,सरकारी पैसा त हाे नि भन्दै बिरामीले पनि अस्पतालले जे जे बिल बनाए पनि केही भन्दैनन् भन्ने प्रवृत्ती थाहा पाएकाे छु ।

बीमा बाेर्ड स्थापनासँगै यससँग निहित स्वार्थ जाेडिने थुप्रै व्यक्ति र संस्थाहरू तयार भइसकेकाले यसलाई तत्कालै विस्थापित गर्न स‌हज नभएकाे उनकाे भनाई छ। हामी सबैले मिलेर याे कार्यक्रम किन दिगाे हुन सक्दैन भन्नेमा आम नागरिकलाई बुझाउन सक्नुपर्छ, बीमा कम्पनीले नै चलाए पनि नागरिककाे स्वास्थ्य उपचारकाे सुविधा सुनिश्चित हुन्छ भन्ने विश्वस्त तुल्याउन सक्नुपर्छ।

मन्त्री महतले ज्येष्ठ नागरिक, विपन्न, अपाङ, पिछडिएका वर्गहरूले निःशुल्क स्वास्थ्य उपचार पाउने अधिकारलाई सुनिश्चित गर्दै स्वास्थ्य बीमालाई अझै व्यापक र प्रभावकारी बनाउन जरुरी भएकाे धारणा व्यक्त गरे । उनले तत्कालै याे कार्यक्रम बीमा कम्पनीमार्फत् सञ्चालन गर्न स‌ंभव नभए पनि सराेकारवालाबीच यस विषयमा गम्भीर बहस जरूरी रहेकाे बताए । उनले भने, यसलाई छलफलमा ल्याउनुपर्छ, केही समय लाग्छ, याे किन आवश्यक छ, अहिलेकाे माेडल याे किन टिकाउ हुन सक्दैन भन्ने बारेमा सबैलाई बुझाउन जरुरी हुन्छ।जसले सुविधा पाइरहेका छन् उनीहरुलाई पनि तपाईहरुकाे बीमा हुन्छ भन्ने आश्वस्त पार्नुपर्छ, अनिमात्र स‌ंभव छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS