IME Life New

अमेरिकी क्रेडिट रेटिङ कम्पनी ‘डन एण्ड ब्राडस्ट्रिट-डिएनबी’ नेपाल आउदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। अमेरिकी क्रेडिट रेटिङ कम्पनी ‘डन एण्ड ब्राडस्ट्रिट (डिएनबी)’ ले नेपालमा पनि क्रेडिट रेटिङ कम्पनी स्थापना गर्ने तयारी गरिरहेको छ।

डिएनबीले नेपाली बाणिज्य बैंकहरुलाई शेयरधनी बनाउन खोजेको छ । बैंक तथा बित्त्य संस्थासग मिलेर काम गर्दा विश्वसनीयता बढ्ने तथा ब्यबसाय विस्तारमा सहयोग पुग्ने आशाले उसले हाल नेपालमा संचालित २८ वटा बाणिज्य बैंकलाई १/१ प्रतिशतका दरले २८ प्रतिशत शेयर लिइदिन प्रस्ताव गरेको बताईएको छ।

Esewa
Crest

डन एण्ड ब्राडस्ट्रिट कम्पनीले नेपाल प्रतिनिधिको रुपमा पूर्व बैंकर अनलराज भट्टराई मार्फत काम अगाडी बढएको जनाएको छ भने डिएनबीका प्रतिनिधि साकेत पोदार छन् । कम्पनीको कुल चुक्ता पूँजी १२ करोड रुपैयाँको हुने छ। यसमा बैंकहरुलाई २८ प्रतिशत शेयर हिस्सा दिन खोजिएको हो। डिएनबी विश्वस्तरमै ख्याती कमाएको क्रेडिट रेटिङ कम्पनी हो।

अमेरिकी संयुक्त लगानीमा खुल्न लागेको कम्पनीले ‘नेपाल क्रेडिट रेटिङ एजेन्सी’ (एनआरए) को नाममा धितोपत्र बोर्डसँग सैद्धान्ति स्वीकृति माग गरिसकेको छ। २०० देशमा सेवा दिँदै आएको अमेरिकी कम्पनी डिएनबीको ६५ प्रतिशत लगानी हुने छ। २८ प्रतिशत लगानी बाणिज्य बैंकहरुका लागि छुट्याइएको हो। बाँकी लगानी कम्पनीको ब्यवस्थापनहरुले गर्ने छन्।

कम्पनीको ब्यवस्थापन समूहमा पूर्व बैंकर भट्टराई र डिएनबीका साकेत पोदार छन्। बैंकहरुले पनि अनुरोध अनुसार लगानीका लागि सकारात्मक प्रतिक्रिया दिइसकेका छन्, कम्पनी को योजना अनुसार २०७५ को अन्तिमसम्म सञ्चालन गर्ने तयारी छ।

१८० बर्ष पुरानो अमेरिकी कम्पनीको संयुक्त लगानीमा स्थापना हुने नेपाल क्रेडिट रेटिङ एजेन्सीले कम्पनीहरुको रेटिङका साथै अन्य वित्तीय सेवा पनि उपलब्ध गराउने छ। डिएनबीले शेयरलगायतको रेटिङका साथै ऋणको पनि रेटिङ गर्ने छ।

हाल नेपालमा इक्रा नेपाल र भर्खर संचालनमा आएको केयर रेटिङ्ग्स नेपालले मात्र कम्पनी तथा व्यावसायिक सङ्घसंस्थाको रेटिङ तथा ग्रेडिङको काम गर्दै आएका छन, तेश्रो कम्पनीको रुपमा ‘नेपाल क्रेडिट रेटिङ एजेन्सी’ (एनआरए) को स्थापना सगै नेपालमा रेटिङ कम्पनीहरु को प्रतिस्पर्धा बढ्ने दखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS