काठमाडौं । अभियान लघुवित्त वित्तिय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले लेखा, वित्त तथा योजना विभाग अन्तर्गत कनिष्ठ अधिकृत पदमा १ जना र प्रशिक्षार्थि कनिष्ठ सहायक पदमा केहि संख्याका लागि कर्मचारी माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट प्लस टु देखि स्नात्तक तह उत्तिर्ण गरेको हुुनुुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता उम्मेदवारले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात चैत १ गतेभित्र आवेदन दिन सक्नेछन् ।


















