IME Life New

अब काठमाडौंबाटै भर्न पाइने माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको साधारण सेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं, बहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको साधारण सेयर (आईपीओ) काठमाडौंबाट पनि भर्न पाइने भएको छ । काठमाडौबाट पनि निश्चित अवधीमा निश्चित स्थानबाट सेयर आवेदन संकलन गर्न दिन नेपाल धितोपत्र बोर्ड सहमत भएको छ ।

दोलखामा रहेका बैकका शाखाहरु भएका २१ वटा स्थानहरुवाट सेयर आवेदन संकलन हुने र बैक नभएको स्थानहरुमा घुम्ति संकलन केन्द्रको ब्यवस्था हुने उनले जानकारी दिए । डिम्याट अनिवार्य नभइ स्वेक्षिक हुने व्यवस्था गरिएको छ । ३ वर्षको लकिङ अवधी पछिको कारोबारको लागि डिम्याट अनिवार्य हुने भएकोले सहजरुपमा अहिले डिम्याट गर्न नेपाल धितोपत्र बोर्डको सुझाब दिएको छ ।

Esewa
Crest

प्रत्येक आवेदकको बैक खाता अनिवार्य नगरी आवेदकले इच्छाएको परिवारको कुनै १ सदस्यको खातामा फिर्ता हुने नगद जम्मा गर्ने ब्यबस्था गरिएको छ । बिहीबार दोलखाका सबै माननीय सांसद, पूर्व मन्त्री, जिल्लाका प्रमुख राजनीतिक दल, गाउँपालिका र नगरपालिकाका अध्यक्ष, नेपाल विद्युत प्राधिकरण, बोर्ड र नागरिक लगानी कोषका प्रमुखहरु सहितको बैठकले आईपीओ निष्कासन सहज गराउने निर्णय गरेको हो ।

तामाकोसीको आईपीओ साउन २४ गते आइतबारदेखि निष्कासन हुनेछ । प्रभावित दोलखा जिल्लाका स्थानीयबासिन्दा र सर्वसाधारणलाई गरी २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।स्थानीयबासिन्दालाई साउन २४ देखि भदौ १४ गतेसम्म आईपीओ खुला हुने छ । स्थानीयबासिन्दालाई बाँडफाँड गरेपछि सर्वसाधारणलाई खुला गर्ने कोषले जानकारी दिएको छ ।

आयोजना प्रभावित स्थानीयबासिन्दालाई १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ९० लाख कित्ता र सर्वसाधारणलाई १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ कित्ता आईपीओ निष्कासन हुन लागेको हो। पहिलो चरणमा आयोजना प्रभावित स्थानीयबासिन्दालाई निष्कासन हुने बिक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ ।आयोजना प्रभावितले प्रतिकित्ता न्युनतम ३० देखि अधिकतम ३०० र सर्वसाधारणले ५० देखि बढीमा १ हजार कित्तासम्म आईपीओ भर्न पाउनेक कोषले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS