IME Life New

अपी पावरको नाफामा उल्लेख्य वृद्धि, ईपीएसमा पनि छलाङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अपी पावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार दोस्रो त्रैमासमा कम्पनीले ३१ करोड १६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले २१ लाख ४३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा १४४४४.४७ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ८५ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ६२ करोड रुपैयाँ आम्दानी गरेको थियो। कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ३८.३८ प्रतिशतले बढेको छ।

चुक्तापुँजी ६ अर्ब ७ करोड ५९ लाख रुपैयाँ रहेको कम्पनीको अन्य इक्विटीमा ५५ करोड ७६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष अन्य इक्विटीमा १९ करोड १३ लाख रुपैयाँ रहेको थियो। अन्य इक्विटी पनि १९१.४७ प्रतिशतले बढेको छ।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १०.२६ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिमा ईपीएस २.७५ रुपैयाँ थियो। पीई रेसियो २५.८३ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १०९.१८ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS