IME Life New

अन्तर्राष्ट्रिय साख रेटिङका लागी नेपाल पुनर्बीमाले सूचीकृत गर्यो दुई एजेन्सी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । नेपाल पुनर्बीमा कम्पनीले अन्तर्राष्ट्रिय क्रेडिट रेटिङका लागी दुई अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सीलाई सूचीकृत गरेको छ। सरकारी स्वामित्वकाे पुनर्बीमकले एस एण्ड पि ग्लाेबल रेटिङस र एम बेष्ट एशिया प्यासिफिकलाई अन्तर्राष्ट्रिय रेटिङ सम्बन्धी परामर्शका लागी सूचीकृत गरेकाे हाे ।

सरकारी स्वामित्वको पुनर्बीमकको हैसियतमा मात्र अन्तर्राष्ट्रिय बजारमा पुनर्बीमा व्यवसायका लागी प्रतिस्पर्धा गर्न सहज नभएपछि नेपाल पुनर्बीमाले अन्तर्राष्ट्रिय रेटिङकाे तयारी गरेको हो । यी दुई मध्ये कुनै एउटालाई नेपाल पुनर्बीमाले अन्तर्राष्ट्रिय स्तरको रेटिङकाे जिम्मा दिनेछ।

Esewa
Crest

निजी क्षेत्रकाे पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्याेरेन्सले एक वर्षको अन्तरालमा एम वेष्टसँग दुई पटक शेयर निष्काशनकर्ताको हैसियतमा वित्तीय साख मूल्या‌ंकन गराई सकेको छ। सरकारी स्वामित्व, अधिकांश बीमा कम्पनीहरूकाे शेयर लगानी, नीतिगत संरक्षण, चुक्ता पूँजी, महाविपत्ती काेष, पुनर्बीमा व्यवसायमा पाँच वर्ष भन्दा लामो अनुभवलगायत कारणले हिमालय रिइन्स्याेरेन्सभन्दा तुलनात्मकरूपमा यसकाे रेटिङ राम्राे हुनसक्ने आधार छन् ।

भारतीय बीमा नियामकले अन्तरसीमा पुनर्बीमक(छिमेकी मुलुकको पुनर्बीमा कम्पनी)का लागी पनि यसै वर्षदेखि अन्तर्राष्ट्रिय रेटिङ अनिवार्य गरिदिए पछि दक्षिण एशियाली छिमेकी मुलुकका पुनर्बीमकले भारतीय बजारकाे व्यापार गुमाउनुपरेकाे छ। सीमित पुनर्बीमकले मात्र रेटिङ गराएकाले यसवर्ष पुनर्बीमा सम्झौता नविकरणकाे अवसर धेरै पुनर्बीमकले गुमाएका छन् । नयाँ प्रावधानका कारण नेपाल पुनर्बीमा कम्पनीले पनि यसपटक भारतीय बीमा कम्पनीसँग पुनर्बीमा सम्झाैता नविकरण गर्ने अवसर गुमाउन बाध्य भएकाे छ। भारतमा अप्रिल महिनादेखि कार्यान्वयनमा आउने पुनर्बीमा सम्झाैता(ट्रिटी) जनवरी महिनामा नै पुनर्बीमा नविकरण हुने गरेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS