IME Life New

अत्याधिक जोखिम नेपालभित्रै केन्द्रित गर्दै समिति, स्वेदशी पुनर्बीमालाई ७२ प्रतिशत डाइरेक्सेसन !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले केहि समय अगाडी आफैले दिएको निर्देशनलाई सच्याउने नाममा घुमाउरो हिसावले ७० प्रतिशत भन्दा बढी डाइरेक्सेसन स्वदेशी पुनर्बीमा कम्पनीमै उपलब्ध गराएको छ । समितिले आज पुनर्बीमा सम्बन्धी निर्देशन जारी गर्दै नेपाल सरकारले प्रदान गरेको २० प्रतिशतको डाइरेक्सेसनका अतिरिक्त थप १५ प्रतिशत सहित ३५ प्रतिशत पुनर्बीमा स्वदेशी पुनर्बीमा कम्पनीमै दिन निर्देशन दिएको हो ।

समितिले घुमाउरो हिसावले निर्देशन जारी गर्दै निर्जीवन बीमा कम्पनीको सर्वाधिक व्यवसाय रहेको मोटर बीमा सहित कृषि तथा पशुपक्षी बीमा र लघु बीमालाई अनिवार्य रुपमा स्वदेशी पुनर्बीमा कम्पनीमै गराउनु पर्ने व्यवस्था गरिदिएको छ । जवकी बीमा कम्पनीहरुको ४०/४५ प्रतिशत व्यवसाय मोटर बीमामै केन्द्रित छ । त्यस्तै कृषि बीमाको बजार हिस्सा लभगत ५ प्रतिशत र लघु बीमाको एक प्रतिशत हारामारी रहेको छ ।

Esewa
Crest

बीमा समितिले स्वदेशी पुनर्बीमा कम्पनीहरुले धारण गर्न सक्ने जोखिम भन्दा बढी भारी बोकाउन खोजेको नेपाल बीमक संघका महासचिव अशोक कुमार खड्काले जानकारी दिए । यस्तो व्यवस्थाले नेपालमै जोखिम केन्द्रित भएको छ जुन भविष्यमा घातक बन्न सक्ने उनको धारणा छ । उनले भने ‘बीमा समितिले निर्देशन गरे अनुसारको जोखिम धारण गर्न सक्ने क्षमता स्वदेशी पुनर्बीमा कम्पनी सँग छैन ।’

समितिले प्रथम वर्ष १५ प्रतिशत डाइरेक्सेसन तोकिए पनि दोस्रो वर्षदेखि भने कम्तिमा २० प्रतिशत पुनर्बीमा स्वदेशी पुनर्बीमा कम्पनीलाई नै उपलब्ध गराउनु पर्ने व्यवस्था गरेको छ । बीमा समितिले केहि समय अगाडी नेपाल पुनर्बीमा कम्पनीलाई दिदै आएको २० प्रतिशत डाइरेक्सेसन दुबै कम्पनीलाई बाँडफाँड गरी १०/१० प्रतिशत भाग लगाइदिएको थियो । त्यस पछि बाँकी रहेको व्यवसायको १५ प्रतिशत अनिवार्य रुपमा स्वदेशी बीमा कम्पनीलमाई प्रदान गर्नु पर्छ भनिएको छ । तर यसमा बाँकी १५ प्रतिशत बराबर रुपमा दिनु पर्ने भनेर तोकिएको छैन । समितिले सम्पुर्ण फ्याकल्टेटिभ पुनर्बीमा स्वदेशी पुनर्बीमा कम्पनीमै गर्नु पर्ने व्यवस्था गरिदिएको छ ।

बीमा समितिले बीमा कम्पनीहरुलाई स्वदेशी पुनर्बीमा कम्पनीहरुमा सत प्रतिशत जोखिम प्रदान गर्न पाउने छुटको समेत व्यवस्था गरिदिएको छ । यसरी समितिले स्वदेशी बीमा कम्पनीको बजार सुनिश्चित गर्ने नाममा अधिकाम्स जोखिम नेपालमै केन्द्रित गर्न खोजेको छ । स्वदेशी दुई पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा र हिमालयन रिले जोखिम धारण गर्ने भन्दा पनि ब्रोकरको रुपमा मात्रै काम गर्ने अवस्था सिर्जना भएको छ । उनिहरु सँग जोखिम धारण गर्न सक्ने क्षमता एकदमै कम भएको हुँदा उनिहरुले अधिकाम्स जोखिम विदेशी पुनर्बीमा कम्पनीमै पठाउनु पर्नेछ । यसरी दुई पुनर्बीमा कम्पनीलाई बजार सुनिश्चित गर्ने बहानामा कतिपय निर्जीवन बीमा कम्पनीहरुको अन्तर्राष्ट्रिय सम्बन्ध समेत विग्रिने एक बीमकले बताए ।

यसरी जोखिम नेपालमै राख्न खोज्दा ठुला ठुला प्राकृतिक विपद्मा दुई पुनर्बीमा कम्पनी नै डुब्न सक्ने सम्भावना उच्च रहन्छ । अर्को तर्फ उनिहरुकै कारणले अन्य निर्जीवन बीमा कम्पनीहरुलाई दाबी भुक्तानी गर्न पनि गाह्रो पर्नेछ । जसले गर्दा पुरै बीमा व्यवसाय नै थप जोखिममा पर्नेछ ।

बीमा जोखिम हस्तान्तरण गर्ने व्यवसाय हो । जुन कम्पनीले राम्रो पुनर्बीमा सम्बन्धी संझौता गरेका छन् उनिहरुले समयमा दाबी गर्ने गरेको पाइन्छ । जसले पैसा कमाउन राम्रो सँग पुनर्बीमा गर्न नसक्दा वर्षौसम्म दाबी भुक्तानी गर्न नसकेका धेरै उदाहरण छन् । त्यसैले बीमा समितिले यति धेरै जोखिमको व्यवस्थापन दुई पुनर्बीमा कम्पनीलाई सुम्पिदै गर्दा यसको नियमन तथा व्यवस्थापनमा पनि उच्च सतर्कता अपनाउनु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS