IME Life New
GBIME

नेपाल पुनर्बीमा कम्पनी अब भारतीय बीमा बजारमा, वार्षिक एक अर्बसम्मकाे पुनर्बीमा शुल्क नेपाल भित्र्याउन सकिने

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले भारतीय बीमा कम्पनीको पुनर्बीमा गर्ने भएको छ ।  भारतीय बीमा विनियामक और विकाश प्राधिकरण (आइआरडीएआई)ले नेपाल पुनर्बीमा कम्पनीलाई भारतीय बीमा कम्पनीको पुनर्बीमा गर्न योग्य ठानी स्वीकृति दिएको हाे ।

यस स्वीकृति पश्चात नेपाल पुनर्बीमा कम्पनीले वार्षिक ५० करोडदेखि एक अर्ब रुपैयाँसम्म पुनर्बीमा शुल्क स्वदेश भित्र्याउन सक्दछ । जसले बीमा शुल्क बापत हुने व्यापार घाटालाई न्यूनीकरण गर्दछ । भारतीय बीमा कम्पनीहरुको चैत १८ गते(अप्रिल १) देखि प्रारम्भ हुने पुनर्बीमा नविकरणमा यस कम्पनी समेत सहभागी हुने कम्पनीले जनाएकाे छ ।

Crest

नेपाल पुनर्बीमा कम्पनी आइआरडीएआईले तोकिएको मापदण्ड पुरा गरी क्रस बोर्डर रिइन्स्योरर्स(सीबीआर)को रुपमा स्वीकृति भएको हाे।कम्पनीले एफआरएनएनओ.आइआरडीएआई/सीबीआर/२०१८/१००१ परिचयात्मक संख्या प्राप्त गरेको छ ।   कार्तिक २१, २०७१ मा आकस्मिक बीमा कोषबाट नेपाल पुनर्बीमा कम्पनीमा परिणत भै व्यवसाय संचालन गर्दै आएको छोटो समयमा भारतीय बीमा कम्पनीहरुबाट पुनर्बीमा गर्ने इजाजत प्राप्त गरेको छ ।

भारतीय बीमा विनियामक और विकाश प्राधिकरणको कानूनी प्रावधान अनुसार भारतीय बीमा कम्पनीहरुको पुनर्बीमा गराउनु पर्दा अन्तराष्ट्रिय रेटिङ्ग एजेन्सी एसएण्डपी वा एएम बेष्टबाट मान्यता प्राप्त न्यूतम बीप्लस स्तर हासिल गरेको पुर्नबीमा कम्पनी वा भारतीय बीमा विनियामक औरविकाश प्रायिकरणले निर्धारण गरेको मापदण्ड (आर्थिक लेखाजोखा, चुक्तापुँजी, जारीपुँजी, लगानीको स्थिति, दायित्ववहनगर्न सक्ने क्षमता, दाबी भुक्तानी प्रकृया, जोखिमाङ्कन गर्ने क्षमता आदि) पूरा गरेको पुनर्बीमा कम्पनीहरुले क्रस बोरडर रिइन्स्योरर्सको प्रकृया पुरा गरी स्वीकृति प्राप्त भएपछि मात्र पुनर्बीमा गर्न सक्ने व्यवस्था रहेको छ ।

भारतीय बीमा व्यापारमा नेपालको समेत पहुँच पुग्नुलाई निश्चयपनि नेपाल पुनर्बीमा कम्पनीको भविष्य अझ बढी सुदृढ हुने तथ्यलाई नकार्न सकिदैन । हाल यस कम्पनीले अन्तर्राष्ट्रिय बीमा बजारमा संयुक्त अरब इमरेटस्(दुवइ), बहराइन, कुवेत माल्दीभस्, श्रीलंका , बंगलादेश, भुटान , भेतनाम,कम्बोडिया, अफ्रिकी मुलुकहरु दक्षिण कोरिया, पपुवान्युगिनी आदि २० भन्दाबढी देशहरुको ४० भन्दा बढी बीमारपुनर्बीमा कम्पनीसँग व्यवसाय गर्दै आएको छ ।

साथै, भारतीय बीमा बजारको पहुँचबाट अन्य धेरै देशहरुसँग पुनर्बीमा व्यवसाय वृद्धि गर्दै अगाडी बढ्ने कम्पनीको लक्ष्य छ ।

(source:-bikashnews/com)

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS