IME Life New
GBIME

असोजको दोस्रो सातादेखी देखि स्टक क्लियरेन्स मेला

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

दशैंको अवसर पारेर असोज दोस्रो साता राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्सले मेला आयोजना गर्न भएको छ । मेलाको आयोजक इभेण्ट सोलुसन प्रालि ले असोज ११ गतेदेखि नेपाल चेम्बर अफ कमर्शको प्रवद्र्धनमा मेला आयोजना हुने जनाएको छ ।

वर्षेनी आयोजना हुँदै आएको एक्स्पोलाई यस पटक पनि निरन्तरता दिँदै ‘दशैंको बेला सस्तो मेला’नारा दिइएको छ । ५ दिनसम्मचल्ने एक्स्पोमा दशैंका लागि आबश्यक सबै किसिमका सामाग्रीहरुको कारोबार हुने आयोजक संस्थाइभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए ।

Crest

‘मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकलर होम अप्लाइन्सेजका स्टलहरु रहने छन् ।एकसय भन्दा धेरै स्टलहरु रहने यो मेलामा बजारको तुलनामा सस्तोमा सामानखरिद गर्न सकिन्छ ।’प्रधानले भने । दशैंका लागिआवश्यक सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकै ठाउँबाट बिशेष छुटमा उपलब्ध गराउने लक्ष्यका साथ एक्सपोको आयोजना गर्न लागिएको हो ।

मेलामा काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट उपभोक्ताहरु सामान किन्न आउने र बिक्रेताहरुको पनि राम्रो जमघट हुने विश्वास इभेण्ट सोलुसनले लिएको छ ।‘दशैंको सपिंग गर्न उपभोक्ताहरु बजारमा धेरै भौतारिनु पर्ने अवस्था नहोस् भन्न एउटै छानामूनी क्लियरेन्स मेलाआयोजनागर्न लागेका हौं ।’ प्रधानले भने । ५० हजार उपभोक्ताले एक्स्पो अवलोकन गर्दै आफुलाई आवश्यकवस्तु खरिद गर्ने आँकलन इभेण्ट सोलुसनको रहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS