IME Life New

जुलाई १५ देखि परिवर्तन हुँदैछ युट्युबको नियम, यी क्रिएटरको आम्दानीमा पर्नेछ असर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अनलाइन भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबले आफ्नो मनिटाइजेसन नीति परिवर्तन गर्दैछ। परिवर्तित नीति पर्सि जुलाई १५ देखि लागू हुनेछ। जुन युट्युब पार्टनर प्रोग्रामका बारेमा हो। हाल यदि प्रयोगकर्ताले युट्युब खोल्दा एउटै खालका कन्टेन्ट देख्न पाउँछन्। यसलाई परिवर्तन गर्न युट्युबले यो अपडेट ल्याउन लागेको हो।

युट्युबले जुलाई १५ देखि आफ्नो पार्टनर प्रोग्राम नियम कडा गर्दैछ। नयाँ नियमअन्तर्गत ठूलो मात्रामा उत्पादित, दोहोरिने र अप्रमाणिक सामग्रीको विज्ञापन राजस्व घटाइनेछ। यद्यपि, कम्पनीले च्यानल मनिटाइजेसनका लागि सर्तहरु परिवर्तन गरेको छैन।

Esewa
Crest

अब च्यानल मनिटाइजेसन गर्न प्रयोगकर्तासँग १ हजारभन्दा बढी सबस्क्राइबर हुनुपर्छ। यसबाहेक च्यानलमा १२ महिनामा ४ हजार पब्लिक वाच आवर हुनुपर्छ वा ९० दिनमा १ करोड सर्ट भ्यु आउनुपर्छ। यद्यपि, अब सर्त यतिमात्र हुने छैन। प्रयोगकर्ताको कन्टेन्ट ओरिजनल र अथेन्टिक पनि हुनुपर्नेछ।

स्पाम र एआई सामग्रीको संख्या घटाउन र ओरिजनल कन्टेन्टको प्रवर्द्धन गर्न युट्युबले यो अपडेट ल्याइरहेको छ। यो अपडेट छुटाउने क्रिएटरहरुको कन्टेन्टले राम्रो संख्या प्राप्त गरिरहेको भए पनि डिमनिटाइजेसनको सामना गर्नुपर्ने हुन सक्छ।

एआई प्रविधिको प्रवेशसँगै युट्युबमा यस्ता कन्टेन्टको बाढी आएको छ। कम्पनीका अनुसार यी कम गुणस्तरका मिडिया वा कन्टेन्ट एआईको मद्दतले उत्पन्न भइरहेका छन्। उदाहरणका लागि प्रयोगकर्ताले सजिलैसँग फोटोमा एआई भ्वाइसओभर पाउनेछन् वा भिडियो क्लिपमा युट्युबमा एआई भ्वाइसओभर प्रकारको कन्टेन्ट पाउनेछन्।

यस्ता धेरै च्यानलहरु पनि छन्, जसले एआई कन्टेन्ट उत्पन्न गरेर लाखौँ सब्सक्राइबर थपेका छन्। यी भिडियोहरु एआईको मद्दतले उत्पन्न हुन्छन् र मौलिक रुपमा प्रस्तुत गरिन्छन्। युट्युबले त्यस्ता कन्टेन्टको सम्बन्धमा नीतिगत अपडेटहरु ल्याइरहेको छ।

कम्पनीका अनुसार यो सानो अपडेट हो। तर, यसले एआईको मद्दतले थोक कन्टेन्ट क्रिएट गर्नेहरुलाई असर गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS