IME Life New

अनलाइन किनमेल गर्दा एउटै डिजिटल प्ल्याटफर्ममा किन भर पर्नु हुन्न ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अनलाइन सपिङले किनमेललाई सहज बनाएको छ। यसले तपाईलाई समयको बचतसँगै पैसाको बचत समेत गराउँछ।

अनलाइन प्लेटफर्मबाट कुनै पनि सामान किनमेल गर्नु अघि पर्याप्तरूपमा तुलना गर्नुहोस्। साथै ती प्लेटफर्मले विशेष अवसरमा घोषणा गर्ने छुट योजनाबारे पनि जानकारी राखि रहनुहोस् । प्रायःजसो अनलाइन प्ल्याटफर्मले बिक्रीका लागि छुट योजनाहरू वर्षको निश्चित महिना र गतेहरूमा घोषणा गरिरहेका हुन्छन् । यस्तो मिति वा महिनाबारे आफूलाई जानकार बनाई राखेर तपाईले प्रवर्द्धनात्मक छुटको लाभ लिन सक्नुहुन्छ।

Esewa
Crest

अर्कोतर्फ कुनै पनि मालसामान किनमेल गर्नु अघि तपाईले फरक फरक प्ल्याटफर्ममा बिक्रीका लागि राखिएका उही ब्राण्डको सामानको मूल्य तुलना गरेर बुद्धिमानीपूर्ण निर्णय समेत लिन सक्नुहुन्छ।

उदाहरणका लागि नेपाली उपभोक्ता माझ अनलाइन किनमेलका लागि बढी रूचाइएको दराजको प्ल्याट फर्मभन्दा अन्य अनलाइन किनमेल प्लेटफर्ममा मालसामानहरू सस्तो मूल्यमा उपलब्ध भइरहेको देखिएको छ।

ग्रिन ब्राण्डको वाइफाइ राउटर युपिएसको मूल्य दराजमा रू. २,७९९ कायम गरिएको छ भने जिभीमा यो सामान जम्मा रू. २,३९९ मा उपलब्ध छ।

दराजको बिक्री कारोबार अन्य अनलाइन सपिङ प्लेटफार्मको तुलनामा उच्च हुँदा उपभोक्ताका लागि सस्तोमा सामान खरिद गर्ने अवसर उपलब्ध हुनुपर्नेमा दराजमा केही सामानको मूल्य अन्य डिजिटल मार्केट प्लेसको तुलनामा महँगो मूल्यमा बिक्रीका लागि राखिएको छ।

बिक्रेताकै वेबसाइटमा थप छुटः

डिजिटल विद्युतीय उपकरणहरू किनमेल गर्दा तपाईले डिजिटल मार्केट प्लेसका साथै सम्बन्धित उत्पादक वा बिक्रेताको वेबसाइटमा पनि सिधै भिजिट गर्नुभयो भने बेला बेला ल्याइने प्रवर्द्धनात्मक छुट र उपहार योजनाहरूबाट लाभ लिन सक्नुहुन्छ।

नगदको साटो डिजिटल भुक्तानीः

तपाईले नगदै भुक्तानी गर्नुभन्दा पनि डेबिट वा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गरेर थप छुटको लाभ लिन सक्नुहुन्छ। बैंक तथा वित्तीय संस्थाहरूले किनमेल र खर्च गर्ने संस्कृतीलाई प्रोत्साहित गर्न क्रेडिट वा डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्ने उपभोक्ताका लागि थप ५ देखि २० प्रतिशतसम्म छुटको लाभ प्रदान गरेका हुन्छन् ।

क्रेडिट कार्ड रोज्नु अघिः

तपाईले कुनै पनि बैंकबाट क्रेडिट कार्ड लिनु अघि नै त्यो बैंकले अनलाइन किनमेलमा नगद छुटको सुविधाहरू प्रदान गर्दै आएको छ कि छैन ? कति वटा प्ल्याट फर्ममा छुट उपलब्ध गराई रहेको छ भन्ने राम्ररी जानकारी लिएर मात्र क्रेडिट कार्डका लागि आवेदन दिनु बुद्धिमानी हुन्छ। यसो गर्दा तपाईले क्रेडिट कार्डवापत भुक्तानी गर्नुपर्ने वार्षिक सेवा शुल्कभन्दा धेरै अधिक रकम यस्तो छुट सुविधाको उपभोबाट नै लिन सक्नुहुन्छ।

तपाई नियमित आम्दानी गर्नुहुन्छ र संयमित भएर खर्च गर्ने बानी छ भने तपाईले अनलाइन किनमेलका लागि क्रेडिट कार्डको प्रयोग गर्नु उपयोगी हुन्छ। अचेल केही वाणिज्य बैंकले निःशुल्क क्रेडिट कार्ड सुविधा उपलब्ध गराएका छन् । नबिल बैंकले २०८२ असार मसान्तभित्र क्रेडिट कार्डको आवेदन दिने ग्राहकलाई आजीवन निःशुल्क क्रेडिट कार्ड दिने घोषणा गरेको छ। यसअघि गत डिसेम्बर महिनामा लक्ष्मी बैंकले डिजिटल डिसेम्बर अभियान अन्तर्गत ५ वर्षका लागि निःशुल्क क्रेडिट कार्ड वितरण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS