IME Life New
GBIME

सुखको साथी जो पनि हुन सक्छ, दुःखको चाहिँ बीमा नै होः गणेश चौलागाईं

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका चिफ मार्केटिङ अफिसर (सीएमओ) हुन्, गणेश चौलागाईं। सन नेपाल लाइफमा प्रवेश गर्नुअघि उनी सानिमा रिलायन्स लाइफमा कार्यरत थिए। त्यहाँ उनी प्रमुख व्यापार अधिकृत थिए। प्राइम लाइफबाट बीमा क्षेत्रमा करिअर सुरुआत गरेका चौलागाईंसँग साविक सानिमा लाइफ र आइएमई लाइफमा पनि काम गरेको अनुभव रहेको छ। भारतको सिक्किम सिटी मनिपाल युनिभर्सिटीबाट एमबीए गरेका चौलागाईंले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन्। करिब दुई दशकदेखि बीमा क्षेत्रमा सक्रिय चौलागाईंसँग इन्स्योरेन्स टकमा गरिएको कुराकानीको सारसंक्षेपः

संसारको सबैभन्दा कठीन पेसामध्ये एक हो बीमा भनिन्छ। त्यसभित्र पनि मार्केटिङ, पोलिसी बेच्ने काम झनै अप्ठ्यारो। कस्तो महसुस भइरहेको छ काम गर्न ?

Crest

एकदमै राम्रो छ। वास्तवमा तपाइँले भनेजस्तो सबै कामको आफ्नै किसिमका विशेषता र चुनौती छन्। जीवन बीमाको पनि आफ्नै विशेषता छ। यो कामबाहिर रहेका व्यक्तिलाई गाह्रो लागे पनि जसले भित्रै प्रवेश गरेर गरिरहनुभएको छ, उहाँहरुलाई सहज लागेर नै आजसम्म रहिरहनुभएको छ। यो संसारमा सबैभन्दा राम्रो र मुख्य सेवा गर्ने काम भएकाले यो अत्यन्त सहज काम हो जस्तो मलाई लाग्छ।

तर, यसमा बिक्री प्रेसर एकदमै हुन्छ नि ? गएर किचकिच गरेर, यो हुन्छ, त्यो हुन्छ भनेर बाध्यकारी रुपमा बिक्री गर्नुपर्छ।

यो विभिन्न मुलुकमा विभिन्न तरिकाले गरिन्छ। नेपालमा चाहिँ बीमालाई ‘फोर्स सेलिङ’कै रुपमा लिइन्छ। फोर्स सेलिङ भएकाले १०–२० पटक गएर ग्राहकलाई भन्नुपर्ने हुन्छ। त्यतिखेर कहिले–काहीँ ग्राहकले नबुझेर पनि समस्या भइरहेको हुन्छ। कतिपय कर छुटको लाभ लिन वा अन्य प्रयोजनले आफैं बीमा गर्न पनि आइपुग्नुभएको छ। त्यसकारण यो सबैलाई आवश्यक चिज भएकाले बेच्न चाहिँ सहज नै छ। गाँस, बास र कपासपछि यो महत्वपूर्ण र आवश्यक चिज हो। त्यसकारण पनि सहज छ।

तपाइँले कर छुटको कुरा गर्नुभयो, यो त कति नै छ र ?

अहिले त अलि कम नै छ। अहिले यो ४० हजार रुपैयाँको रेन्जमा छ। भोलिका दिनमा राज्यले यसलाई दक्षिण एसियाली मुलुकहरुमा भएजस्तै १ लाख रुपैयाँसम्म पुर्याइदिन सकियो भने यसले धेरै बचत गर्न सक्छ। यसले जनता र राज्य दुवैलाई सहज हुन्छ।

तपाइँहरुको व्यापार गर्ने शैली पूरै पूरानै छ है। अभिकर्ता बनायो, अलिअलि सिकायो अनि घर घरमा पठायो। यसो केही नयाँ इन्नोभेसन गर्न सकिँदैन ?

सकिन्छ नि। अहिले सबै जीवन बीमा कम्पनीले परम्परागत तरिकालाई पनि साथमै लिएर नयाँ के हुन सक्छ भनेर अध्ययन अनुसन्धान गरिरहेका छौँ। भोलिका दिनमा प्रविधिमैत्री बनेर कसरी जाने भन्नेमा हामीले ध्यान दिइरहेका छौँ। हामीले जे बढी भन्छौँ र देखाउँछौँ उही बिक्ने हुन्छ। अब बीमाको सचेतना बढ्दै जाँदा पनि बीमाको व्यापार सकारात्मक छ।

भारतमा हामी पोलिसी बजार डटकम हेर्छौं। त्यहाँ नागरिकको एकदमै राम्रो उपस्थिति रहेको छ। हामीकहाँ त्यति पनि छैन नि ?

हामीले पनि यसैगरी काम गर्न खोजेका छौँ। नयाँ बीमा नियमावलीमा यस विषयमा आएको छ। भोलिका दिनमा हामीले एकीकृत रुपमा यसलाई अगाडि बढाउन सक्छौँ। अहिले पनि ३ लाखभन्दा बढी अभिकर्ताले सेवा दिइरहनुभएको छ। त्यो पनि कम भइरहेको छ अहिले। यसो हेर्दा जीवन बीमा प्रडक्टमा ६० प्रतिशत भन्दा बढी अझै भ्याकेन्ट छ। त्यसले गर्दा यसको बजार एकदमै राम्रो र ठूलो छ।

तपाइँहरु अभिकर्तालाई पढाउनुहुन्छ। पोलिसी बेच्न सिकाउनुहुन्छ तर पोलिसी कम बुझाउनुहुन्छ। यसमा किन सुधार हुन नसकेको ?

अभिकर्ताहरुलाई अहिले हामीले यसलाई बुझाउँदै गएका छौँ। कसरी क्षमता भएका जनशक्ति विकास गर्न सकिन्छ भनेर हामीले अहिले बीमाबारे धारणा नै सकारात्मक हुनुपर्ने, बीमामै भविष्य रहेको बुझेको हुनुपर्ने भन्ने गरेका छौ। अर्को ट्रेनिङ सिट दिएर उहाँहरुलाई गाइड गर्ने गरेका छौँ।

पोलिसी बुझाउन तिरभन्दा पनि तपाइँहरु मोटिभेसनल स्पिकर ल्याउनेतर्फ बढी लाग्नुहुन्छ नि ! प्रडक्ट बिक्री गर्नुपर्यो नि त ?

हामीले बिक्री गर्ने चाहिँ प्रडक्ट नै हो। हामीले प्रडक्टको फिचर्स बुझाउने हो। त्यही भएर हामीले बारम्बार भनिरहेका छौँ कि जीवन बीमा बिक्री गर्ने होइन कि यसबाट पाइने लाभ बिक्री गर्ने हो। हामीले समिनारमा पनि यही कुरा सिकाइरहेका छं। कहिले–काहीँ मोटिभेसनल स्पिकरलाई पनि ल्याउने गरेका छौँ। किनकि बोलीवचन, बिक्रीपछिको सेवाजस्ता विषयमा अभिकर्तालाई जानकारी दिनु पनि हाम्रो उद्देश्य हुन्छ। सोही कारण नै अहिले फरक अवस्था भएको छ।

पोलिसी त अभिकर्ताका माध्यमबाट नै बिक्री गर्ने हो। पार्ट टाइम र फुल टाइम होला। यसको सेग्रिगेसन कसरी हुन्छ ?

विशेष गरी उहाँहरुलाई हामी फुल टाइम नै हामीसँग हुनुहोस् भन्छौँ। हामीले अहिले बीमाको पहुँच बढाउनका लागि अभिकर्तालाई बढीभन्दा बढीलाई अफिसमै आएर काम गर्ने वातावरण बनाउँछौँ। त्यसका लागि सकेसम्म फूल टाइम नै आवद्ध हुनुहोस् भन्छौँ। हामीले एक करोड रुपैयाँभन्दा माथिको बीमा गराइरहेका साथीहरुलाई अफिसमै डेस्क उपलब्ध गराउँदै आएका छौँ। हाम्रा शाखाहरुमा मज्जाले आफू अफिसमा आएर काम गर्न सक्नुहुन्छ। त्यसबाट उनीहरुले करिअर देख्दा राम्रोसँग बिक्री हुने अवस्था आउँछ। पार्ट टाइममा बसेर काम गर्दा हतारमा काम गर्नुपर्ने हुन्छ।

तपाइँहरुको त व्यवसायमा पनि वृद्धिभन्दा बढी गुणस्तरतिर केन्द्रित हुने कुरा छ क्यारे ?

हो। हामी क्वालिटीमा बढी फोकस भइरहेका छौँ। ग्राहकलाई सन्तुष्टि दिलाउँदै दिगो किसिमले हामीले काम गरिरहेका छौँ। अहिले हामीले सन मेडिकेयर भन्ने आपतमा राहात भनेर ल्याएका छौँ। यसमा लामो समयदेखि स्वरोजगार भएर हिँड्नेहरुलाई इन्नोभेटिभ प्रडक्ट ल्याएका हौँ।

अहिले कतिवटा प्रडक्ट छन् तपाइँको कम्पनीमा ?

हामीसँग १४ वटा प्रडक्ट छन्।

बढी चल्ने कुन–कुन छन् ?

इन्डोमेन्ट पोलिसी नै बढी चल्ने हो। हामीले ल्याएको सन मेडिकेयर आपतमा राहात अहिले निकै रुचाइएको छ। मैले १० लाखको बीमा किने। जसमा वर्षको ५० हजार रुपैयाँ बचत गर्छु भने १ लाख रुपैयाँबराबरको उपचार खर्च कभर हुन्छ। यसमा १३५० रुपैयाँ अतिरिक्त शुल्क तिर्दा १५ वटा आपतकालीन घटनाहरुको समेत आर्थिक कभर हुन्छ।

तपाइँहरुले जसलाई बीमा पोलिसी बेच्नुहुन्छ। बीमित कुनै दुर्घटनामा पर्छ, तपाइँहरुले भुक्तानी दिनुहुन्छ। त्यसपछि गज्जबको एप्रिसियसन आउला है तपाइँहरुलाई ?

आउँछ। त्यसमा चाहिँ कतिपय अवस्थामा हाम्रा अभिकर्ता र कर्मचारीलाई पनि धन्यवाद भन्ने गरेको छु। उहाँहरुले सुरूमा संघर्ष पार गर्नुभएको हुन्छ। उहाँहरुले एउटै घरमा पनि आफ्नो परिवारलाई माया गर्नुहुन्छ भने बीमा किन्नुभएको हुन्छ। तपाइँ नरहँदा तपाइँको परिवार कसरी चल्छ भन्ने कल्पना गरेर बीमा गर्नुपर्ने हुन्छ। यस्ता कुरा सम्भावित बीमितलाई जानकारी गराउने, परामर्श दिनुहुन्छ। त्यसका लागि उहाँहरुले प्रायोरिटी नबुझेर सुरुमा गाह्रो–गाह्रो मान्नुहुन्छ। त्यसपछि केही किस्ता तिरिसकेपछि उहाँहरु सकारात्मक रुपमा लिँदै सहज बन्दै जानुहुन्छ। तपाइँहरुको दुःखको साथी भनेको बीमा नै हो। सुखको साथी जो पनि हुन सक्छन् भनेर बुझाउँदै जानुपर्छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS