IME Life New

ह्वाट्सएपमा सिक्रेट च्याटका लागि आयो नयाँ फिचर, हट्यो प्राइभेसीको तनाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इन्स्ट्यान्ट मेसेजिङ एप ह्वाट्सएपले एडभान्स्ड च्याट प्राइभेसी नामक नयाँ प्राइभेसी फोकस्ड फिचर घोषणा गरेको छ। यो फिचर प्रयोगकर्ताको सबैभन्दा सेन्सटिभ कन्भर्सेसनलाई सुरक्षित राख्ने गरी डिजाइन गरिएको हो। अब यो फिचर विश्वव्यापी रुपमा रोल आउट गरिएको छ।

यो नयाँ फिचरअन्तर्गत नयाँ सेटिङहरु उपलब्ध हुनेछन्। जुन पर्सनल च्याट र ग्रुप च्याट दुवैका लागि उपलब्ध हुनेछ। यस्तो अवस्थामा जब पनि प्रयोगकर्तालाई लाग्छ कि उनीहरुको कुनै पनि च्याट बढी प्राइभेसी लाग्छ तब एड्भान्स च्याट प्राइभेसीको मद्दतले उनीहरुले आफ्नो सामग्री ह्वाट्सएपबाहिर शेअर हुनबाट रोक्न सक्षम हुनेछन्।

Esewa
Crest

ह्वाट्सएपको यो पछिल्लो अपडेटपछि सेटिङहरुमा दिइएको अप्सन अन गरेपछि प्रयोगकर्ताले अन्य व्यक्तिलाई च्याट पठाउन र फोनमा मिडिया अटो–डाउनलोड गर्नबाट रोक्न सक्नेछन्।

यस्तो अवस्थामा प्रयोगकर्ताले अन्य व्यक्तिहरुलाई सजिलैसँग आश्वस्त पार्न सक्नेछन् कि च्याटमा भएको कन्टेन्ट र कुराकानी कतै पनि लिक हुने छैन।

नयाँ फिचर इनेबल गर्न प्रयोगकर्ताले सेटिङहरुमा गएर यसलाई अन गर्नुपर्नेछ। यसका लागि, च्याटको नाममा ट्याप गर्नुपर्छ र त्यसपछि ‘एडभान्स्ड च्याट प्राइभेसी’ मा ट्याप गर्नुपर्छ।

यो फिचरको पहिलो भर्जन हो। आगामी दिनमा कम्पनीले यस फिचरका बारेमा धेरै कुरा थप्नेछ। यसमा सुरक्षासम्बन्धी अन्य धेरै फिचर पनि समावेश गर्न सकिन्छ। विश्वव्यापी रोलआउटपछि यो फिचर केही प्रयोगकर्तामा पुगेको छ र बाँकीले चाँडै यो पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS