IME Life New

ह्वाट्सएपमा आयो इन्स्टाग्रामको जस्तै फिचर, अब स्ट्याटसमा म्युजिक हाल्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इन्स्टेन्ट म्यासेजिङ एप ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताका लागि नयाँ–नयाँ फिचर ल्याउने गर्छ। हालै कम्पनीले स्ट्याटसमा नयाँ अपडेट गरेको छ।

अब प्रयोगकर्ताले स्ट्याटसमा ९० सेकेन्डसम्मको भिडियो शेयर गर्न सक्नेछन्। साथै स्ट्याटसमा म्युजिक पनि लगाउन सकिने अप्सनमा उपलब्ध हुनेछ।

Esewa
Crest

अब प्रयोगकर्ताले आफ्नो मुडअनुसार कुनै पनि गीत छानेर अपलोड गर्न सक्नेछन्। जब प्रयोगकर्ताले कुनै स्टोरी वा फोटा अपलोड गर्नेछन् तब माथिपट्टि टेक्स्ट, स्टिकर्सका साथै म्युजिक अप्सन देखिनेछ। त्यहाँ प्रयोगकर्ताले आफूले चाहेको म्युजिक लगाउन सकिन्छ।

ह्वाट्सएपमा पहिले प्रयोगकर्ताले ३० सेकेन्डसम्मको भिडियो शेयर गर्न पाउँथे। यदि लामो भिडियो छ भने त्यसलाई ३०–३० सेकेन्डको बनाएर हाल्न सकिन्थ्यो। अब भने ९० सेकेन्डसम्मको भिडियो अपलोड गर्न सकिन्छ।

अब प्रयोगकर्ताले वाट्सएप ग्रुप, च्याट र च्यानलमा आएका म्यासेज समराइज पनि गर्न सक्छन्। यदि कसैले लङ फर्म्याटको म्यासेज पठाएका छन् भने प्रयोगकर्ताले मेटा एआईमार्फत सजिलै समराइज गर्न सक्नेछन्।

यसैगरी अब वाट्सएपमा प्रयोगकर्ताले कुनै पनि टपिक शेयर गर्न सक्नेछन्। अर्थात वाट्सएप प्रयोगकर्ताले स्ट्याटसमा कुनै पनि टपिकको सुरुआत गर्न सक्नेछन्। जसमा प्रयोगकर्ताको कन्ट्याक्समा रहेका सबैले रेस्पोन्स गर्न सक्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS