काठमाडौं । मेटाले अन्ततः विगत एक दशकदेखि प्रयोगकर्ताहरु डराएका कुरा घोषणा गरेको छ। त्यो हो ह्वाट्सएपमा विज्ञापन।
मेटा (तत्कालीन फेसबुक)ले २०१४ मा १९ अर्ब डलरमा ह्वाट्सएप किनेको थियो। त्यतिबेला नै अब ह्वाट्सएपमा विज्ञापनहरु देखिने अनुमान गरिएको थियो। यद्यपि, कम्पनीले यो अपडेट रोल आउट गर्न लगभग ११ वर्ष लगायो।
मेटाले आधिकारिक रुपमा घोषणा गरेको छ कि अब ह्वाट्सएपमा विज्ञापनहरु देखिनेछन्। प्रयोगकर्ताले विज्ञापनहरु स्टेटस ट्याबमा देख्नेछन्। पछिल्ला २ वर्षमा कम्पनीले आफ्नो अपडेट ट्याबलाई पूर्ण रुपमा परिवर्तन गरेको छ, जुन पहिले स्टेटस देखाउने गर्थ्यो।
प्रयोगकर्ताले मासिक शुल्कमा आफ्नो रोजाइको ह्वाट्सएप च्यानलहरु सब्सक्राइब गर्न सक्नेछन्। त्यसपछि प्रयोगकर्ताले त्यो च्यानलबाट एक्सक्युसिभ अपडेटहरु र केन्टेन्ट प्राप्त गर्न सक्नेछन्। हाल च्यानलहरु निःशुल्क सब्सक्राइब गर्न सकिन्छ। ह्वाट्सएपको यो चरणपछि कन्टेन्ट क्रिएटरहरुले कमाउने तरिका पाउनेछन्।
कन्टेन्ट क्रिएटरहरुले आफ्ना च्यानल पनि प्रचार गर्न सक्छन्। प्रयोगकर्ताले सिफारिसहरुमार्फत नयाँ च्यानलहरु पत्ता लगाउन सक्छन्। च्यानल प्रशासकहरुसँग आफ्नो पहुँच र दृश्यता विस्तार गर्ने अर्को तरिका हुनेछ।
यी दुईबाहेक प्रयोगकर्ताले अपडेट ट्याबमा विज्ञापनहरु देख्न सक्नेछन्। प्रयोगकर्ताले ती विज्ञापनहरुमा क्लिक गरेर व्यवसायहरुलाई सिधै म्यासेज पठाउन सक्नेछन् र तिनीहरुको उत्पादन वा सेवाहरुका बारेमा जान्न सक्नेछन्।
मेटाले ती विज्ञापनहरु केवल स्टेटसमा देखा पर्ने जनाएको छ। तिनीहरुलाई व्यक्तिगत च्याटमा जोडिने छैन।
ह्वाट्सएपले ती अपडेटहरु प्रयोगकर्ताको गोपनीयतालाई ध्यानमा राखेर जारी गरिएको जनाएको छ। ह्वाट्सएप प्रयोगकर्ताको म्यासेज, च्याट, कल, ग्रुप च्याटहरु अझै पनि एन्ड–टु–एन्ड इन्क्रिप्टेड रहनेछन्। विज्ञापनहरु सीमित डेटा प्रयोग गरेरमात्र लक्षित गरिनेछ। यसको मतलब तिनीहरुले कम डेटा प्रयोग गर्नेछन्।
यदि प्रयोगकर्ताले आफ्नो ह्वाट्सएप खातालाई मेटा खाता केन्द्रमा लिंक गरेका छन् भने विज्ञापन प्राथमिकता र जानकारी मेटाका अन्य एपसँग पनि सेअर गरिनेछ। प्रयोगकर्ताको फोन नम्बर विज्ञापनदातासँग सेअर गरिने छैन। साथै, निजी च्याटहरुमा कुनै पनि विज्ञापन देखा पर्ने छैन।
मेटाले यी फिचर विश्वव्यापी रुपमा रोल आउट गर्नेछ। यी फिचरहरु आईओएस र एन्ड्रोइड प्लेटफर्म दुवैका लागि हुनेछन्। यद्यपि तिनीहरुको सुरुआतको सही मिति भनिएको छैन तर तिनीहरु आउँदो केही महिनामा जारी गरिनेछ।