IME Life New

ह्वाट्सएपमा थपियो आधा दर्जन बढी फिचर, कलिङदेखि ग्रुप च्याटसम्म थुप्रै नयाँ विशेषता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ह्वाट्सएपले धेरै नयाँ फिचर ल्याएको छ। ग्रुप च्याट, भ्वाइस र भिडियो कलसँग च्यानल इन्टर्याक्सन सुधार गर्न यी फिचर थपिएका हुन्। प्रयोगकर्ताहरुले एपको राम्रो अनुभव प्राप्त गर्न सकून् भनेर कम्पनीले समय–समयमा आफ्नो प्लेटफर्ममा नयाँ फिचर थप्दै जान्छ।

यसबाहेक हाइलाइट नोटिफिकेसन फिचर थपिएको छ। यो सुविधा सेटिङहरुमा उपलब्ध हुनेछ। जसको मद्दतले प्रयोगकर्ताले कुन म्यासेजका लागि सूचनाहरु प्राप्त गर्ने भनेर निर्णय गर्न सक्नेछन्। यहाँ प्रयोगकर्ताले सबै म्यासेज र हाइलाइट (मेन्सन, रिप्लाई र कन्ट्याक्ट्सबाट म्यासेज) को अप्सन पाउनेछन्।

Esewa
Crest

यसबाहेक कम्पनीले च्याटमा इभेन्ट अप्सन थपेको छ। यसको मद्दतले प्रयोगकर्ताले कुनै पनि कन्ट्याक्टसँग इभेन्ट क्रिएट गर्न सक्छन्। प्रयोगकर्ताले ट्याप गर्न मिल्ने रिएक्सान फिचर पनि पाउनेछन्। जसको मद्दतले प्रयोगकर्ता म्यासेजमा ट्याप गर्न सक्नेछन् र कति जनाले त्यसमा रिएक्सान दिएका छन् भनेर हेर्न सक्नेछन्।

आईफोन प्रयोगकर्तालाई डकुमेन्ट स्क्यान गरेर ह्वाट्सएपबाट सिधै पठाउने अप्सन दिइएको छ। प्रयोगकर्ताले एट्याचमेन्ट मेनुमा गएर स्क्यान डकुमेन्टको अप्सन पाउनेछन्। नयाँ अपडेटपछि प्रयोगकर्ताले आईफोनमा पूर्वनिर्धारित एपका रुपमा ह्वाट्सएप रोज्न सक्नेछन्। यसको मतलब प्रयोगकर्ताले यो एपलाई कलिङ र म्यासेजिङका लागि पूर्वनिर्धारित एप बनाउन सक्नेछन्।

कलिङको कुरा गर्दा कम्पनीले भिडियो कलमा जुम फिचर थपेको छ। साथै, च्याटबाट सिधै चलिरहेको कलमा सहभागी थप्न सकिन्छ। यसका लागि एड टु कल अप्सन दिइएको छ। ह्वाट्सएपले कलिङ गुणस्तरमा पनि सुधार गरेको छ। यसले कल ड्रप र फ्रिजको समस्या कम गर्नेछ।

च्यानलहरुका बारेमा कुरा गर्दा कम्पनीले भिडियो नोट्स फिचर थपेको छ। जसको मद्दतले एडमिनले च्यानलमा सिधै ६० सेकेन्डसम्मका भिडियो रेकर्ड गर्न र पठाउन सक्छ। साथै, च्यानलहरुमा भ्वाइस ट्रान्सक्रिप्टको फिचर पनि दिइएको छ। ह्वाट्सएपमा च्यानलहरुको क्यूआर कोड थपिएको छ। यस कारणले गर्दा एडमिनले च्यानल लिंकको सट्टा कसैलाई क्यूआर पठाउन सक्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS