IME Life New

लिबर्टी माइक्रो लाइफको साधारणसभाबाट के-के भयो अजेन्डा पारित ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा आज पुस ३० गते पोखराको न्युरोडमा रहेको कम्पनीको प्रधान कार्यालय सम्पन्न भएको छ। साधारणसभाको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष निकोलस पाण्डेले गरेका थिए।

साधारणसभामा कम्पनीका अध्यक्षलगायत सञ्चालकहरु, शेयरधनी, शेयरधनीका प्रतिनिधि, कम्पनी सचिव, कम्पनीका प्रमुख कार्यकारी अधिकृतलगायत कम्पनीका कर्मचारीरुको उपस्थिति रहेको थियो। सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष पाण्डेबाट प्रस्तुत आर्थिक वर्ष २०८१।८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरुसहित अनुसूचीहरु पारित गर्ने प्रस्तावहरु उपर छलफल गरी पारित भएको छ।

Esewa
Crest

यसैगरी सभाले चालु आर्थिक वर्ष २०८२।८३ का लागि बाह्य लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव तथा सञ्चालक समितिबाट सिफारिस भई आएको आर्थिक वर्ष २०८१।८२ मा लाभांश वितरण नगर्ने प्रस्तावसमेत सर्वसम्मतिले पारित भएको छ।

सभामा विशेष प्रस्तावहरुअन्तर्गत सञ्चालक समिति र उपसमितिहरुको बैठक भत्ता तथा आर्थिक वर्ष २०८१।८२ मा संस्थागत सामाजिक उत्तरदायित्वमा भएका खर्चहरु अनुमोदन गर्ने प्रस्तावहरुसमेत सर्वसम्मतिले परित भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS