IME Life New

माउन्ट एभरेस्ट डिस्टिलरीको नयाँ दुई उत्पादन बजारमा, के-के छन् विशेषता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माउन्ट एभरेस्ट डिस्टिलरीले आफ्नो नयाँ उत्पादन ६ टु ९ र वाइल्ड फायर औपचारिक रुपमा सार्वजनिक गरेको छ। होटल लुम्बिनी हेरिटेजमा आयोजित समारोहबीच यी उत्पादन बजारमा ल्याइएको हो।

समारोहमा उद्योग, व्यवसाय र आतिथ्य क्षेत्रका विशिष्ट व्यक्तिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। कम्पनीले नेपाली बजारको बदलिँदो स्वाद र मागलाई ध्यानमा राख्दै यी नयाँ उत्पादन विकास गरेको जनाएको छ। वाइल्ड फायर नेपाली बजारका लागि नयाँ अवधारणा भएको उत्पादन हो। यसले स्वाद, प्रस्तुति र मूल्यको सन्तुलनमा फरक पहिचान बनाउने अपेक्षा कम्पनीका म्यानेजिङ डाइरेक्टर सतीशलाल कर्णले बताए। ‘६ टु ९ ले गुणस्तरीय मापदण्डलाई कायम राख्दै उपभोक्तालाई नयाँ विकल्प प्रदान गर्ने कम्पनीको विश्वास छ’, उनले भने।

Esewa
Crest

माउन्ट एभरेस्ट डिस्टिलरीले गुणस्तरमा कुनै सम्झौता नगरी उपयुक्त मूल्यमा उत्पादन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको कर्णको भनाइ छ। आकर्षक प्याकेजिङले उपभोक्ताको ध्यान खिच्ने र बजारमा स्पष्ट पहिचान बनाउने कम्पनीको उद्देश्य रहेको छ।

कम्पनीले आगामी दिनमा पनि नेपाली बजारलाई केन्द्रमा राख्दै नयाँ र पृथक उत्पादनहरु प्रस्तुत गर्दै कर्णले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS