IME Life New

उपासना पाैडेल उत्कृष्ट महिला नेतृका रूपमा सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्पोरेट क्लब नेपालले आयोजना गरेको कर्पोरेट अवार्ड समारोहका अवसरमा हिमालयन रिइन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल महिला नेतृका रूपमा सम्मानित भएकी छिन् ।

अवार्डस फर कर्पोरेट एक्सिलेन्स र अवार्ड फर डिस्टिन्ग्विस्ट सर्भिसेज अवार्डका अवसरमा कर्पोरेट क्लब नेपाल प्रालिले उनलाई फिमेल लिडरशीप  सम्मान गरेको हो। पौडेल, २०८० असोज १४ गतेदेखि हिमालयन रिइन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी पद सम्हाल्दै आएकी छिन् । त्यसअघि उनी साबिक युनाइटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत रहेकी थिइन् । नेपालको बीमा क्षेत्रमा उनी पहिलो र कान्छो महिला प्रमुख कार्यकारी अधिकृत हुन् ।

Esewa
Crest

पाैडेलको नेतृत्वमा हिमालयन रिइन्स्योरेन्सले सर्वसाधारणमा शेयर निष्काशन गर्ने, लाभांश वितरण गर्ने, भारतमा अन्तर सीमा पुनर्बीमक(क्रस बोर्डर रिइन्सुरर) को मान्यता प्राप्त गरेको छ। यसबाहेक तेश्रो मुलुकको व्यापारको आकार वृद्धिमा समेत केही प्रगती हासिल गरेको छ।

सम्मान कार्यक्रम आयोजकका अनुसार दुई दिनसम्म ललितपुरको कुपण्डोलमा आयोजित कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट नेतृत्व र कम्पनीहरूलाई सम्मान गरिएको थियो। लाइफ टाइफ अचिभमेण्ट अवार्ड कर्ण शाक्य, पुरूष नेता अवार्ड जीवा लामिछाने, उत्कृष्ट जीवन बीमक सिटिजन लाइफ, उत्कृष्ट निर्जीवन बीमक सगरमाथा लुम्बिनी इन्स्योरेन्स, वाणिज्य बैंकमा नेपाल एसबिआई बैंक, विकास बैंकमा गरिमा विकास बैंक लगायत २२ वटा कम्पनी तथा व्यक्तिलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

25%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS