IME Life New

यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीकी संस्थापक शेयरधनी सृजना जोशीको नाममा रहेको १९ हजार ८८२ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो ।

नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम संस्थापक शेयरमा पहिलो प्राथमिकता कम्पनीकै विद्यमान संस्थापक शेयरधनीलाई दिनुपर्ने व्यवस्था भए बमोजिम कम्पनीका संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने व्यवस्था छ ।

Esewa
Crest

शेयरको न्यूनतम प्रतिकित्ता मुल्य २१५ रुपैयाँ रहेको छ । सो शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशति भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको सुन्धारामा रहेको सीटीसी मलस्थित कम्पनीको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ।

कम्पनीले तोकिएको सो समयभित्र संस्थापक शेयरधनीबाट कुनै पनि निवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS