काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले अवितरित हकप्रद शेयर बाँडफाँड तथा रकम फिर्ता गरेको छ । कम्पनीले संस्थापक समुहतर्फको ६३ हजार ८४७ कित्ता शेयर जेठ २९ गतेबाट असार ८ गतेसम्म लिलाम बढावढ गरी बोलपत्र आब्हान गर्दा साविकका संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त हुन नआएपछि कम्पनी संचालक समितिको निर्णय पछि उक्त शेयर अन्य व्यक्ति वा संस्था र जोकोहीलाई असार २५ गते देखि असार १ गतेसम्म शिलबन्दी बोलपत्रद्वारा खरिद आव्हान गरेको थियो । सो अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्रहरु असार ७ गते खोलि रुजू गरी असार १२ गते कम्पनीले बाँडफाँड गरेको हो ।
आवेदकहरुको बाँडफाँडमा नपरेको शेयर वापतको रकम फिर्ता भुक्तानी आवेदकले आफ्नो आवेदन फारममा उल्लेख गरेको बैंक खातामा आइपीएस मार्फत रकमान्तर गरिने जनाएको छ ।
साथै, बाँडफाडको अन्तिम मुल्य रु ११२.६० रहेको र उक्त मुल्यमा बोलपत्र पेश गर्नेहरुको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।












