काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आफ्नो ३२ औँ वार्षिक साधारणसभा डाकेको छ।
कम्पनी सञ्चालक समितिको बैठकले साधारणसभा यही असार ३१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्यांक्वेटमा बिहान साढे ३० बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल ४.५११३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा बोनस शेयर ४.२८५७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२२५६ नगद लाभांश छन्।
यसैगरी सभाले बोनस शेयर वितरणपछि कम्पनीको जारी पुँजी २ अर्ब ६४ करोड पुग्ने हुँदा सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ। सभाले नियमावली प्रबन्धपत्रमा संशोधन गर्दा नियमनकारी निकायबाट कुनै रायसुझाव प्राप्त भएमा सोही बमोजिमत गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।
लाभांश र साधारणसभा प्रयोजनार्थ कम्पनीले यही असार १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असार १९ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।












