काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको प्रवर्द्धक जोडिएको फाैजदारी अभियोगको मुद्दामा मतियार बनेपछि सञ्चालक समिति अध्यक्ष पद रिक्त भएको एक महिनापछि दुई लघु बीमा कम्पनीले अध्यक्ष पाएका छन् ।
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले नेपाल बीमा प्राधिकरणको अध्यक्ष चन्द्रकला पाैडेलबाट मंगलबार प्राधिकरणको कार्यालयमा सपथ ग्रहण गरेका हुन् । प्रोटेक्टिभ माइक्रोमा बेगम केसी र लिवर्टी माइक्रो लाइफमा पुण्य प्रसाद पराजुली सञ्चालक समिति अध्यक्ष नियुक्त भएका छन्।
अदालती मुद्दामा अभियुक्त बनाइएका कारण सञ्चालक समिति रिक्त भएका पाँचमध्ये दुई लघु बीमक गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र क्रेष्ट माइक्रो इन्स्योरेन्सको सञ्चालक समिति सदस्यहरू अझै पनि नियुक्त गरिएका छैनन् ।












