IME Life New

सुन तस्करीको धन्दामा संलग्न भएपछि ५ वर्षमै बन्द गराइए दुई डिजिटल वालेट कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सम्पत्ती शुद्धिकरणको माध्यमका रूपमा प्रयोग भएपछि नेपाल राष्ट्र बैंकले दुई भुक्तानी सेवा प्रदायकको इजाजत पत्र रद्द गरिदिएको छ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक सूचना प्रकाशन गर्दै, पेवेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेस प्रालिको लाइसेन्स खारेज गरेको  जानकारी गराएको हो । बैंक सञ्चालक समितिको निर्णय अनुसार भुक्तानी तथा फर्छ्याैट ऐन २०७५ को दफा ३५ को उपदफा २(च) को  व्यवस्था अनुसार ती कम्पनीको इजाजत पत्र रद्द गरिएको हो ।

Esewa
Crest

यी दुबै कम्पनीले विदेशबाट अवैधमाध्यमबाट पैसा भित्र्याउने र वितरण गर्ने काममा जानाजान सहभागि भएको पुष्टी भएपछि इजाजत पत्र खारेज गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ।

यी दुबै कम्पनीको कारोबार र कारोबार रकम दुबै शंकास्पद देखिएपछि दुबै कम्पनीका सञ्चालक र प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेको थियो। अनुसन्धानका क्रममा वालेटमा एक ठाउँबाट पैसा लोड गर्ने र अर्को ठाउँबाट भुक्तानी दिने काममा वालेटका एजेण्टहरू नै प्रत्यक्षरूपमा संलग्न रहेको तथ्य प्रकाशमा अाएको थियो।

दुबै कम्पनीको कारोबार सुन तस्करी र हुन्डीसँग जोडिएको थियो।

पेवेल नेपाल प्रालि ११ असोज २०७७ ले राष्ट्र बैंकबाट इजाजत प्राप्त गरेको थियो । यसैगरी सजिलो पे पेमेन्ट सर्भिसेसले १७ चैत २०७७ इजाजत पत्र पाएको थियो।

बैंकका अनुसार,भुक्तानी तथा फर्छ्याैट ऐन २०७५, भुक्तानी तथा फर्छ्याैट विनियमावली २०७७, भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०८१ तथा सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ का विभिन्न प्रावधानको उल्लंघन गरेका थिए। ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS