IME Life New

दाबी भुक्तानी प्रक्रिया अगाडि बढाउन बीमितलाई ट्रस्ट माइक्रो इन्स्योरेन्सको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ट्रस्ट माइक्रो इन्स्योरेन्स अपुग कागजपत्रका कारण अड्किएका बीमा दाबी भुक्तानी प्रक्रिया अगाडि बढाउन बीमितलाई आग्रह गरेको छ।

कम्पनीले आज एक सूचना प्रकाशित गरी गत २०८१ साउन १ गतेदेखि २०८२ जेठ १५ गतेसम्म कम्पनीमा परेको दाबी निवेदनमध्ये अपुग कागजातका कारण रोकिएका दाबी भुक्तानी प्रक्रिया अगाडि बढाउन बीमितलाई आग्रह गरेको हो। ‘बीमित वा बीमितका प्रतिनिधिबाट दाबी निवेदन प्राप्त भई हालसम्म मूल्यांकनका लागि आवश्यक कागजात प्राप्त नभएका तथा बीमित वा बीमितका प्रतिनिधि सम्पर्कमा नआएका यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र सम्पर्कमा आउन र आवश्यक कागजापत्र बुझाइ दाबी भुक्तानी प्रक्रिया अगाडि बढाउन आग्रह गर्दछौँ’, सूचनामा भनिएको छ।

Esewa
Crest

तोकिएको समयावधिभित्र आवश्यक सम्पूर्ण कागजात कम्पनीमा प्राप्त नभएका वा सम्पर्कमा नआएका बीमितको दाबी फाइल बन्द गरिने सूचनामा उल्लेख छ।

बीमित वा बीमितका प्रतिनिधिले गरेको दाबीको विस्तृत विवरण कम्पनीको वेबसाइटमा हेर्न सकिने व्यवस्था गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS