IME Life New

प्राधिकरण तथा बीमकको समन्वयमा ट्राफिक व्यवस्थापन कार्यालय बुटवललाई ट्राफिक सामाग्री प्रदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयको समन्वयमा तथा लुम्बिनी प्रदेशमा क्रियाशिल बीमा कम्पनीहरु सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, हिमालयन एभरेष्ट, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, नेको इन्स्योरेन्सले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवललाई ट्राफिक सम्बन्धी सामाग्री वितरण गरेको छ ।सामाजिक उत्तरदायित्व अन्तर्गतको आर्थिक सहयोगमा नेपाल बीमा प्राधिकरणको कार्यालय कालिकानगर बुटवलमा आयोजना गरिएको एक कार्यक्रमका बीच सो सामाग्री हस्तान्तरण गरिएको हो ।

ट्राफिक सम्बन्धी सचेत्नना फैलाउन तथा ट्राफिक व्यवस्थापनमा बढ्दै गएको चुनौतीलाई न्यूनिकरण गरी सडक दुर्घट्ना कम गर्ने उद्देश्यले सामाग्री हस्तान्तरण गरिएको कार्यक्रममा १० थान नो पार्किङ स्ट्यान्ड, ४ थान दुर्घट्ना सचेतना बोर्ड र २ थान ह्वील लक गरी जम्मा १६ थान ट्राफिक सुरक्षा सामाग्री प्रदान गरिएको हो ।

Esewa
Crest

उक्त सामाग्री नेपाल बीमा प्राधिकरणका प्रमुख पूर्ण बहादुर थापाले हस्तान्तरण गरेका थिए भने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख श्याम बहादुर खत्रीले ग्रहण गरेका थिए ।

सो अवसरमा ट्राफिक सुरक्षा सामाग्री ग्रहण पछि श्याम बहादुर खत्रीले बीमा कम्पनीहरुले प्रदान गर्ने यस किसिमको सहयोगले सडक दुर्घट्ना न्यूनीकरणमा थप सहयोग पुग्दै आइरहेको र भविष्यमा पनि यस्तै सहयोग र समन्वयको अपेक्षा रहेको जानकारी दिए ।

कार्यक्रम तथा समन्वयको लागि नेपाल बीमा प्राधिकरण लुम्बनी प्रदेश कार्यालयका प्रमुख पूर्ण बहादुर थापाले खेलेको भूमिका प्रति खुशि ब्यक्त गर्दै खत्रीले आगामी दिनमा पनि ट्राफिक व्यवस्थापनको क्षेत्रमा भूमिका खेल्ने अपेक्षा पनि व्यक्त गरे ।

कार्यक्रममा बीमा कम्पनीका तर्फबाट सिद्धार्थ प्रिमियर लुम्बिनी प्रदेश कार्यालयका प्रमुख यम तिवारीले ट्राफिक व्यवस्थापनमा योगदान दिन पाउँदा आफूहरु निकै खुशी रहेको बताए ।

कार्यक्रमको अन्त्यमा होलीको शुभकामना समेत साटासाट गरी कार्यक्रम समापन गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS