काठमाडौं । शेयर बजार आज दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १२.०४ अंकले घटेर २६६१.६४ को विन्दुमा बन्द भएको हो।
नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ५ वटा समूह बढेका छन् ८ वटा समूह घटेका छन्। आज वित्त समूह सर्वाधिक ४.३० प्रतिशतले बढ्दा व्यापार समूह सर्वाधिक २ प्रतिशतले घटेको छ।
यो दिन ९६ वटा कम्पनीको शेयरभाउ बढेको छ भने १५० वटा घटेको छ। आज बजारमा ११ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार ङादी ग्रुप पावरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- ङादी ग्रुप पावरः ७८ करोड ४५ लाख रुपैयाँ
- सानिमा माई हाइड्रोपावरः ६५ करोड ४९ लाख रुपैयाँ
- युनिभर्सल पावरः ५७ करोड १ लाख रुपैयाँ
- राधी विद्युतः ४३ करोड ३९ लाख रुपैयाँ
- अपी पावरः ३८ करोड ९६ लाख रुपैयाँ
- अरुण भ्याली हाइड्रोपावरः ३७ करोड ६३ लाख रुपैयाँ
- बुटवल पावरः ३७ करोड ९ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः ३६ करोड ३७ लाख रुपैयाँ
- सिंगटी हाइड्रोः ३१ करोड ६३ लाख रुपैयाँ
- सीईडीबी होल्डिङ्सः ३१ करोड ८ लाख रुपैयाँ