काठमाडौं । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमकले जारी गर्दै आएका प्रोफेशनल इण्डेम्निटी र प्रोफेशन लायबिलिटी इन्स्योरेन्सको बीमादर निर्धारणका लागि बीमकलाइ नै अधिकार दिएको छ।
प्राधिकरणले पेशागत दायीत्व तथा क्षतिपूर्ती बीमा सम्बन्धि मार्गनिर्देशन २०७३ को बुँदा ३.४ मा भएको व्यवस्था र गैर दर बीमा कारोबारका लागि न्यूनत्तम दरको
बुँदा नम्बर ६ मा रहेको व्यवस्थाहरूको सट्टामा बीमकले बीमाको बीमादर पुनर्बीमाको पर्याप्त व्यवस्था गर्ने गरी बीमक आफैंले बीमादर निर्धारण गर्न सक्ने व्यवस्था लागू गरेको हो।
पेशागत दायित्व (प्रोफेसनल लाएबिलिटी) बीमालेख: एक जानकारी, दिबस तिमल्सेनाको लेख – Insurance Khabar
मार्गदर्शनमा संशोधनसँगै अब बीमकले थप सुविधा सहितको बीमालेख प्रचलनमा ल्याउन सक्ने बाटो खुलेको छ। यसअघि प्राधिकरणले नै बीमादरको सीमा निर्धारण गरिदिंदा बीमकले बजार माग अनुसारको थप जोखिम बहन सुविधा सहितको बीमालेख प्रचलनमा ल्याउन वा प्रचलनमा रहेको बीमामा थप सुविधा समावेश गर्न पाएका थिएनन् ।
पेशागत रुपमा कुनै परियोजनामा कार्यरत पेशाकर्मीहरुले गरेका कार्य वा अकार्यको कारणले सो परियोजना माथि हुन सक्ने दायित्वको प्रतिरक्षा गर्न पेशागत दायित्व तथा क्षतिपूर्ति सम्बन्धी बीमालेख जारी गरिन्छ । यो बीमालेखले परियोजना माथि तेस्रो पक्षलाई भुक्तान गर्ने दायीत्व सिर्जना हुन निम्न चार तत्व विद्यमान हुनुपर्छः
क. परियोजनामा कार्यरत पेशाकर्मीहरुको कार्य वा अकार्यहरु निजको त्रुटि, हेलचक्रयाइँ वा लापरवाहीको कारणबाट भएको हुनुपर्छ ।
ख. असल नियतले पेशाकर्मीले गरेको कारणबाट पनि कुनै तेस्रो पक्षमाथि अन्जानमा घटना घटेको हुनुपर्छ ।
ग. पीडित तेस्रो पक्षले आफुलाई मर्का परेको घटनाबाट हुन गएको आर्थिक क्षतिको सोधभर्नाको लागि बीमितसँग दाबी पेश गरेको हुनुपर्छ ।
घ. तेस्रो पक्षलाई भुक्तान गर्ने दायित्व सिर्जना भएपश्चात सो दायित्वको प्रतिरक्षा गर्ने क्रममा कानूनी उपचारका लागि हुने वास्तविक आर्थिक क्षति हुनुपर्छ ।












