IME Life New

लघु जीवन बीमकले ११ महिनामा भित्र्याएर रु. १ अर्ब माथिको व्यापार, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८२।८३ को ११ महिना जेठसम्म लघु जीवन बीमा कम्पनीहरुले १ अर्ब रुपैयाँ माथिको व्यापार गरेका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार ३ वटा लघु जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको जेठसम्म १ अर्ब ६ करोड ४५ लाख रुपैयाँको व्यापार भित्रएका हुन्। यो अवधिसम्म यी कम्पनीहरुको सक्रिय बीमालेख संख्या २५ लाख ७ हजार ३१४ वटा रहेको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म सर्वाधिक व्यापार भित्र्याउनेमा गार्डियन माइक्रो लाइफ रहेको छ। यो कम्पनीले ३८ करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। यो कम्पनीको १५ लाख १३ हजार ४०८ वटा सक्रिय बीमालेख रहेका छन्।

यसैगरी क्रेष्ट माइक्रो लाइफले ३७ करोड ७८ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले ३० करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। यी कम्पनीहरु क्रमशः ५ लाख ७७ हजार ७०५ र ४ लाख १६ हजार २०१ वटा सक्रिय बीमालेख रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS