IME Life New
GBIME

बीमा प्रवर्द्धनमा बीमा नियामकको भूमिका

SPIL
Global College
Nepal Life

काठमाडौं । समावेशी बीमा उपभोक्ताका लागि बीमा जागरण विशेष गरी महत्त्वपूर्ण हुन्छ। समावेशी बीमा बजार त्यस्ता उपभोक्ताको लागि आवश्यक हुन्छ, जो विशेष गरी कमजोर हुन्छन् र जुनसुकै बेला पनि वित्तीय झटकाको सामना गर्नुपर्ने जोखिममा हुन्छ। यो बाहेक बीमक र मध्यस्थकर्ताबाट गलत बिक्री वा दुरुपयोगको दृष्टीकोणमा पनि बढी जोखिममा हुन्छन्।

एक्सेस टु इन्क्लुसिभ इन्स्योरेन्सले प्रकाशन गरेको ‘द सुपरभाइजरी रोल इन बिल्डिङ इन्स्योरेन्स अवेरनेश’ मा समावेशी बीमाका लागि नियामकीय भूमिका सम्बन्धि प्रतिवेदनमा बीमा नियामकको भूमिकाको बारेमा उल्लेखित सुझावको संक्षिप्त विवरण यहाँ प्रस्तुत गरिएको छ।

Crest

समावेशी बीमा उपभोक्ताको विशिष्ट पहिचान निम्नानुसार छ:

• न्यून शैक्षिक स्तर
• न्यून बीमा जागरूकता
• बीमामा विश्वासको अभाव
• खर्चयोग्य आयको न्यून स्तर
• कठिन पहुँच

बीमा नियामकहरूले बीमाको फाइदाहरूको वकालत गर्ने प्रयासहरूको नेतृत्व गर्न सक्छन्, चाहे त्यो बीमा जागरूकता वित्तीय समावेशीकरण र वित्तीय शिक्षा रणनीतिहरूको एक प्रमुख घटक हो भनी सुनिश्चित गरेर, वा क्षेत्र-विशिष्ट रणनीतिहरू अपनाएर।

फिलिपिन्सको बीमा आयोगले लघुबीमामा वित्तीय साक्षरताको लागि राष्ट्रिय मार्ग चित्र नै प्रकाशन गरेको छ। नियामकहरूले आफैंले बीमा गतिविधिहरू सञ्चालन गर्न सक्छन् वा सरोकारवालासँग सहकार्य गर्न  सक्छन्। मार्गचित्रमा, निम्न विचारहरू प्रस्तुत गरिएको थियो:

१. माग सिर्जना गर्ने संस्थाहरूमा बीमा जागरूकता निर्माण गर्नुहोस् र उपभोक्ता लक्षित मात्र नभई उनीहरू सहजीकरण गर्ने स्थितिमा हुन्छन्। वित्त, कृषि, वातावरण र प्रकोप संवेदनशील मन्त्रालयहरू, साथै सामाजिक सुरक्षा र राष्ट्रिय कल्याण अधिकारीहरू जस्ता सरकारी निकायहरूले बीमाको फाइदाको कदर गर्छन् भने, तिनीहरूले आफ्नो नीति निर्माणको तत्वको रूपमा बीमालाई समावेश गर्ने सम्भावना बढी हुन्छ। यसले नवीन उत्पादनहरू विकास गर्ने अवसरहरू खुला गर्न सक्छ, वा ठूलो मात्रामा बीमाको अपनत्व बढाउन सक्छ।

२.समावेशी बीमा ग्राहकहरू वा संकलकहरूलाई सेवा प्रदान गर्ने संस्थालाई लाभान्वित गर्न सकिन्छ। यसमा लघुवित्त संस्थाहरू, सहकारीहरू, गैर-सरकारी संस्थाहरू र कृषि व्यवसायहरू समावेश हुन सक्छन्।

बीमाको आधारभूत सिद्धान्त १८ अन्तर्गतको मार्गदर्शनले “उदाहरणका लागि, औपचारिक शैक्षिक पहलहरू र बीमकहरू र मध्यस्थकर्ताहरूको नेतृत्वमा लक्षित जागरूकता अभियानहरू मार्फत बढाइएको वित्तीय जागरूकता प्राप्त गर्न सकिन्छ, व्यक्तिगत रूपमा वा संयुक्त रूपमा” भनी उल्लेख गरेको छ।

“मध्यस्थकर्ताहरूको आफ्ना ग्राहकहरूसँग आमनेसामने व्यवहार र उपभोक्ताहरूलाई उत्पादनहरूको बजारिकरणले उनीहरूलाई बीमा मामिलामा जनताको वित्तीय जागरूकता सुदृढ पार्न योगदान पुर्‍याउने स्थितिमा राख्छ। त्यसैले पर्यवेक्षकहरूले बीमा मध्यस्थकर्तालाई वित्तीय जागरूकता प्रवर्द्धन गर्न प्रोत्साहित गर्न चाहन्छन्।”

३. सार्वजनिक र निजी सरोकारवालाहरूसँग बीमा जागरण कार्यक्रमहरूको समन्वय गर्न सकिन्छ। जसको पनि एउटै साझा लक्ष्य छ। सरकार, नियामक, सामाजिक हित संस्था र बीमकले उपभोक्ता हितमा महत्त्वपूर्ण भूमिका खेल्छन्। विभिन्न सञ्चार माध्यमहरू प्रयोग गरेर अन्य सरोकारवालाले पनि महत्वपूर्ण भूमिका खेल्न सक्छन्। यसमा बीमक संघ र उपभोक्ता संरक्षण संघ पनि सरोकारवाला संस्थाको रूपमा हातेमालो गर्न सक्छन्।

बीमा जागरणमा नियामकको भूमिकाः

• जोखिम व्यवस्थापन जागरण कार्यक्रमहरू र बीमा जागरण कार्यक्रमहरू बीच तालमेल निर्माण गर्ने।
• संवाद र समन्वय मञ्चहरू जसले तथ्य र कार्यक्रमको प्रभावको साझेदारीलाई सक्षम बनाउँछ, यसरी सुव्यवस्थित र तथ्य-आधारित कार्यक्रमहरू अपनाउन प्रोत्साहित गर्छ।
• वित्तीय शिक्षा, बजारिकरण र प्रकटीकरण दायीत्वहरूको पालनाबीच स्पष्ट भिन्नताहरूमा आधारित अभियान सञ्चालन गर्ने।
• कसले के गर्छ र कसले के को लागि लगानी गर्छ (भूमिका र जिम्मेवारीहरू) स्पष्ट रूपमा परिभाषित गर्ने ।

न्यून आय भएकाहरूको लागि बीमामा पर्याप्त पहुँच सुनिश्चित गर्न लघु बीमा नियमहरूभन्दा बाहिर जानु आवश्यक छ। नियामकले जोखिम र बीमा जागरूकता प्रवर्द्धन गर्न निजी क्षेत्र र अन्य सरकारी निकायहरू संलग्न सार्वजनिक नीतिहरू प्रस्ताव गर्न आवश्यक छ। धेरैजसो, बीमकहरू समावेशी बीमा बजारमा रुचि राख्दैनन्। यस्तो हुनुको खास कारणहरू मध्ये एक मागको अभाव र बीमाबारे बुझाइको कमी हो।

भारतीय बीमा नियामकले समावेशी बीमाका लागि विभिन्न परिषदहरूसँग सहकार्य गर्दै आएको छ। जीवन बीमा र निर्जीवन बीमामा, नियामकले क्रमशः बीमा परिषद् र निर्जीवन बीमा परिषद्सँग सहकार्य गर्दछ ताकि उपभोक्ताहरूले उनीहरूले सामना गर्ने जोखिमहरू बुझून् र उनीहरूलाई थाहा होस्।

४. बीमा जागरणको लागि समानुपातिक र लक्षित दृष्टिकोणहरू अपनाउनु जरूरी छ। बजारको विकास र नवीनतासँगै जागरण र प्रकटीकरणको दृष्टिकोणहरू विकसित हुनु पनि महत्त्वपूर्ण छ।
• सुनिश्चित गरिनुपर्छ कि बीमक र मध्यस्थकर्ताले वित्तीय शिक्षा, बजारीकरण र प्रकटीकरण बीचको भिन्नता बुझ्छन् र सम्मान गर्छन्।
• वितरण सञ्जालमा आवश्यक्ता अनुसार उपभोक्तालाई सूचित वा शिक्षित गर्न उपयुक्त शीप र क्षमता छ भनी सुनिश्चित गरिन्छ।

दाबी व्यवस्थापन र विवाद समाधानका लागि बीमा जागरणमा विशेष ध्यान दिइनु जरूरी हुन्छ। बीमितले बीमाका शर्तहरू र सुविधाहरूको विषयमा जति प्रष्ट जानकारी प्राप्त गर्छ र जति राम्ररी बुझेको हुन्छ, उसले दाबीको समयमा विवाद गर्ने संभावना उत्तिक्कै न्यून हुन्छ, किनकी उसले मानसिकरूपमा त्यस्तो अवस्थाका लागि आफूलाई तयार पारि सकेको हुन्छ।

सामूहिक बीमाको लागि लागू गरिएको व्यापार मोडेलको लागि अनिवार्यरूपमा बीमकले सार्वजनिक गर्नुपर्ने जानकारीहरू उपयुक्त छन् छैनन् भनी नियामकले सुनिश्चित गर्नुपर्छ।

• बीमा जागरण प्रवर्द्धन गर्न प्रविधिको प्रयोगलाई नियामकले सहजीकरण गर्नुपर्छ।
• न्यून जागरणको कारण देखाएँदै नविन बीमा उत्पादनहरू प्रचलनमा ल्याउन नियामकले अवराेध गर्नुहुँदैन। बजारमा नवीन उत्पादनको प्रस्तावलाई अनुमति दिने विषयमा विचार गरिनुपर्छ र यस्ता उत्पादनहरूको सम्बन्धमा उपभोक्ताको अनुभवलाई नजिकबाट निगरानी गरिनुपर्छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS