काठमाडौं । आसन्न संसदीय निर्वाचनका लागि खटिने कर्मचारीका लागि निर्वाचन आयोगले दुर्घटना बीमाको व्यवस्था गरेको छ। आयोग चुनावमा खटिने प्रत्येक कर्मचारीका लागि जनही २० लाख रुपैयाँ बीमांकको दुर्घटना बीमा गरेको हो।
आयोगले चुनावमा २ लाख १३ हजार १६१ जना कर्मचार परिचालन गर्दैछ। आयोगले मतदान केन्द्र र मतगणनास्थलमा खटिने कर्मचारीका लागि १५ दिन अवधिको बीमा गरेको छ।
यस्तै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा खटिने कर्मचारी, आयोगका सबै कार्यालयमा काम गर्ने र चुनावका बेला काजमा आउने कर्मचारीका लागि ९० दिन अवधिको बीमा गरेको आयोगले जनाएको छ।












