IME Life New

लघु निर्जीवन बीमकको व्यापार रु. ६२.६७ करोड माथि, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लघु निर्जीवन बीमकले चालु आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्म ६२ करोड ६७ लाख रुपैयाँको व्यापार भित्र्याएका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ६ मा ४ वटा लघु निर्जीवन बीमकले ६२ करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। यो अवधिसम्म यी कम्पनी २ लाख ३० हजार ४९३ वटा बीमाले बिक्री गरेका छन्।

Esewa
Crest

समीक्षा अवधिसम्म सर्वाधिक व्यापार भित्र्याउनेमा प्रोटेक्टिम माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले ६६ हजार २५६ वटा बीमालेख बिक्री गरेर १७ करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।

दोस्रोमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले ६ महिनामा ५८ हजार २९९ वटा बीमालेख बिक्री गरेर १६ करोड २९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।

यसैगरी ट्रस्ट माइक्रो इन्स्योरेन्सले ४५ हजार ९९७ वटा बीमालेख बिक्री गरेर १५ करोड ५९ लाख रुपैयाँ र स्टार माइक्रो इन्स्योरेन्सले ५९ हजार ९४१ वटा बीमालेख बिक्री गरेर १३ करोड ७२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS