काठमाडौं । लघु जीवन बीमकले गत आर्थिक वर्ष २०८२।८३ मा १ अर्ब २१ करोड बढीको व्यापार भित्र्याउन सफल भएका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार ३ वटा लघु जीवन बीमकले गत आर्थिक वर्षमा १ अर्ब २१ करोड ८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन्। समीक्षा वर्षमा यी लघु जीवन बीमकले कुल सक्रिय रहेको बीमालेख संख्या २४ लाख ९३ हजार ३४७ वटा रहेको छ।
समीक्षा वर्षमा सबैभन्दा बढी व्यापार भित्र्याउने लघु जीवन बीमकमा गार्डियन माइक्रो लाइफ रहेको छ। यो कम्पनीले ४२ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। यो कम्पनीको सक्रिय बीमालेख संख्या १५ लाख १२ हजार ८५७ वटा रहेको छ।
यसैगरी क्रेष्ट माइक्रो लाइफले ४१ करोड ८० लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले ३६ करोड ५८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। यी बीमकको सक्रिय बीमालेख संख्या क्रमशः ५ लाख ६४ हजार १२१ र ४ लाख १६ हजार ३६९ वटा रहेको छ।












