काठमाडौं । चालु आर्थिक वर्ष २०८२।८३ को ८ महिना फागुनससम्म लघु जीवन बीमकले ७२ करोड रुपैयाँ बढीको व्यापार भित्र्याएका छन्।
नेपाल बीमा प्राधिकरणका अनुसार हाल सञ्चालनमा रहेका ३ वटा लघु जीवन बीमकले चालु आर्थिक वर्षको फागुनसम्म ७२ करोड ९ लाख रुपैयाँको व्यापार भित्र्याएका हुन्। यो अवधिसम्म सर्वाधिक व्यापार भित्र्याउनेमा क्रेस्ट माइक्रो लाइफ रहेको छ। यो कम्पनीले ५ लाख ४४ हजार १६० वटा बीमालेख जारी गर्दै २५ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।
यसैगरी गार्डियन माइक्रो लाइफले २५ करोड ६१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। यो कम्पनीको सक्रिय बीमालेख संख्या १४ लाख ५९ हजार ८६२ रहेको छ।
त्यस्तै लिबर्टी माइक्रो लाइफले २० करोड ५९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। यो कम्पनीको सक्रिय बीमालेख संख्या ३ लाख ४९ हजार ९२६ रहेको छ।












