IME Life New

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा थापा नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थापालाई बीमा बोर्डको अध्यक्षमा नियुक्त गरेको हो। ‘मन्त्रीस्तरको निर्णयबाट सोमबार थापालाई अध्यक्षमा नियुक्त गरिएको हो’, मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए।

Esewa
Crest

डा गुणराज लोहनीले गत कात्तिक २६ गते राजीनामा दिएपछि बीमा बोर्ड अध्यक्षविहीन बन्न पुगेको थियो। थापाको नियुक्तिसँगै बीमा बोर्डले नयाँ अध्यक्ष पाएको छ। अध्यक्ष थापालाई मंगलबार मन्त्री प्रदीप पौडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन्।

थापा यसअघि पनि स्वास्थ्य बीमा बोर्डको सदस्य थिए। प्युठानका थापाले स्नातकोत्तर गरेका छन्।

त्यसअघि कात्तिक २५ गते डा दामोदर बस्यौलाको कार्यकाल सकिएपछि स्वास्थ्य बीमा बोर्डमा कार्यकारी निर्देशक पद रिक्त थियो। गत फागुनको अन्तिम साता खुला प्रतिस्पर्धाबाट सरकारले कार्यकारी निर्देशकमा डा रघुराज काफ्लेलाई नियुक्त गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS