IME Life New

बीमा क्षेत्रमा सूर्यज्योति लाइफले पहिलोपटक ल्यायो ‘केयर्स कार्ड र ई-कर्जा’ दुई सेवा, विशेषता यस्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको बीमा क्षेत्रमा सूर्यज्योति लाइफ इन्स्योरेन्सले दुईवटा डिटिजल सेवा ल्याएको छ। कम्पनीले सूर्यज्योति केयर्स कार्ड र ई–कर्जा सेवा ल्याएको हो।

काठमाडौंमा आज आयोजित एक कार्यक्रमबीच कम्पनीले यी दुवै डिजिटल सेवा लन्च गरेको हो। यी दुवै भ्यालु एडेड सर्भिसको कार्यक्रमका प्रमुख अथिति नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले उद्घाटन गरेका हुन्।

Esewa
Crest

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाशविक्रम खत्रीका अनुसार बीमित र अभिकर्ताका लागि यी सेवा ल्याइएको हो। ‘यी दुवै सेवा नेपालको बीमा क्षेत्रमा सूर्यज्योति लाइफले पहिलोपटक ल्याउन सफल भएको छ’, उनले भने, ‘यी दुवै सुविधा निःशुल्क उपभोग गर्न सकिन्छ।

सीईओ खत्रीका अनुसार सूर्यज्योति केयर्स कार्डमार्फत बीमित तथा अभिकर्ता विभिन्न होटल, रेस्टुरा, मल, फिटनेस, अस्पतालका सेवा तथा हवाई र सिनेमा टिकट खरिद गर्दा आकर्षक छुट पाउनेछन्। ‘हाल कम्पनीले देशभर विभिन्न ४२ सेवाप्रदायकसँग मर्चेन्ट सम्झौता गरेको छ’, उनले भने, ‘ती सेवाप्रदायकमा गएर बीमित, अभिकर्ता र कर्मचारीले क्यूआरमार्फत यो सुविधा उपभोग गर्न सक्नछन्।’

यो सुविधा उपभोग गर्न बीमितको न्यूनतम ५ लाखको बीमांकको बीमालेख हुनुपर्ने, बीमालेख सक्रिय तथा नवीकरण हुनुपर्ने, अभिकर्ताका लागि सेल्फ कोर्ड ६ लाख र टिम बिजनेसमा ३० लाख रुपैयाँ व्यापार गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ।

त्यसैगरी ई–कर्जाका लागि कम्पनीले रियल टाइममै बीमितलाई कर्जा उपलब्ध गराउनेछ। ‘आजको दिनमा कम्पनीहरुले बीमितले फाराम भरेको २–३ दिनमा बीमालेख धितो राखेर कर्जा पाउँथे’, सीईओ खत्रीले भने, ‘तर, यो सेवामार्फत बीमितले अनलाइन भुक्तानी सेवाप्रदायकमार्फत रियल टाइममै कर्जा पाउनेछन्।’

ई–कर्जा सुविधा उपभोग गर्न ३ वर्ष पूरा भई ३ वर्षको बीमाशुल्क तिरेको हुनुपर्ने, सरेन्डर भ्यालुको ९० प्रतिशत वा अधिकृतम ५० हजार रुपैयाँसम्म कर्जा पाइने, केवाईसी अपडेट हुनुपर्ने, कम्पनीले निर्धारण गरेको ब्याजदर लागू हुने, ई–कर्जामा बीमालेख धितो राख्न सहमत भएको मानिने र सेवाशुल्कबापत ५० रुपैयाँ लाग्ने सर्त कम्पनीले राखेको छ। यो सुविधा बीमितले खल्ती, ई–सेवा, फोनपे, कनेक्ट आईपीएस र एनआईसी एसिया बैंकमार्फत लिन सक्नेछन्।

सीईओ खत्रीका अनुसार सूर्यज्योति लाइफ ३५ वटा घातक रोगको उपचार सुविधा जीवन बीमा क्षेत्रमा पहिलो कम्पनी हो। ‘मर्जर गर्ने पहिलो कम्पनी, आईएसओ सर्टिफाइड पहिलो जीवन बीमा कम्पनी, नेपालको जीवन बीमा क्षेत्रमा बोनससँग मात्रै सम्बन्धित हुने पोलिसी बेच्नुको सट्टा बोनस नै नपाइने प्रिमियम मात्रै फिर्ता दिने सही प्लान पनि पहिलो कम्पनी हो’, उनले भने।

डिजिटल एप ल्याउने पनि सूर्यज्योति लाइफ पहिलो कम्पनी रहेको खत्रीको भनाइ छ। ‘उक्त एपमार्फत बीमित, अभिकर्ता र कम्पनीका कर्मचारीले सबै विवरण थाहा पाउन सक्छन्’, उनले भने।

जीवन बीमा क्षेत्रमा कम्पनीले हासिल गरेको उपलब्धिमा बीमा प्राधिकरणको ठूलो सहयोग र समर्थन रहेको खत्रीले बताए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS