IME Life New

एक दर्जन हेलिकप्टर कम्पनीको बीचमा थपियो सुमेध एयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । घरेलु उड्ययन बजारमा एक दर्जन हेलिकप्टर उडान सेवा प्रदायक कम्पनीहरू सञ्चालनमा रहेकामा थप एक अर्को कम्पनीले कार्यालय उद्घाटन गरेको छ।

दरबारमार्गमा गैरआवासीय नेपाली निरज गोविन्द श्रेष्ठले सुमेध एयरको केन्द्रिय कार्यालय सञ्चालनमा ल्याएका हुन्।

Esewa
Crest

यो वायू सेवा कम्पनीले नागरिक उड्ययन प्राधिकरणसँग ४ वर्षे अर्था जुलाइ १, २०२९ सम्मका लागि उडान अनुमति प्राप्त गरेको छ।

प्राधिकरणका अुनसार, पहिलो चरणमा सुमेध एयरलाई ए१२५(H125) मोडलका ३ वटा हेलिकप्टरमार्फत उडान भर्न अनुमति दिइएको छ। यसको मुख्य उडान आधार स्टेशन भक्तपुरको नलिनचोकस्थित नागरिक उड्ययन प्राधिकरणको हेलिप्याडमा हुनेछ।

प्राधिकरणका अनुसार, हाल १२ वटा इजाजतपत्र प्राप्त हेलिकप्टर कम्पनीहरू छन् । यी कम्पनीसँग १ वटा देखि ४ वटासम्म गरी कुल ४० वटा हेलिकप्टर छन् ।

नेपालको आकाशमा हिमाल आरोहीको आपतकालीन उद्धार, बिरामीको आपतकालीन उद्धार, पदयात्रा र पर्यटनका लागि आवश्यक राशनपानी अोसारपसार, विशिष्ट व्यक्तिहरूको ओसारपसार, दुर्गम क्षेत्रबाट गम्भीर अवस्थाका बिरामीको उद्धार र मालसामान ढुवानीको लागि हेलिकप्टर उडान सेवा कम्पनीले सेवा दिंदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS