IME Life New

शेयर बजारमा सामान्य बृद्धि, कारोबार रकम साढे ९ अर्ब माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २ दशमलव ४० अंकले बढेर २,७०६ को विन्दुमा कायम भएको छ । आज ८७ कम्पनीको शेयर मूल्य बढेको छ भने १६२ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१८ कम्पनीको २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ५० करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४९ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । लक्ष्मी सनराइज बैंकको ३७ करोड ८१ लाख रुपैयाँ संस्थापक शेयर किनबेच भएको छ । हिमालयन रिइनस्योरेन्सको ३४ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । गार्डियन माइक्रो लाइफका लगानीकर्ताले ७ दशमलव ३६ प्रतिशतका दरले कमाएका छन् । राप्ती हाइड्रोका लगानीकर्ताले ५ दशमलव ७० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै गुडविल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशलमव ८७ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS