IME Life New

स्टार माइक्रो इन्स्योरेन्सको इस्युअर रेटिङको पुनः समर्थन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । क्रेडिट रेटिङ एजेन्सी इकेा नेपालले लघु बीमक स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडेलाई प्रदान गरेको डब्बल बी माइनस जारीकर्ता ( [ICRANP-IR] BB- ) रेटिङ पुनः पुष्टि गरेको छ।

यस्तो रेटिङ भएका शेयर जारीकर्ता कम्पनीले पूर्व निर्धारित वित्तीय दायित्वहरू समयमै पुरा गर्न मध्यम जोखिम हुने मानिन्छ। इक्राका अनुसार यो रेटिङ मूल्याङ्कन गरिएको संस्थाको सामान्य क्रेडिट योग्यता सम्बन्धी राय मात्र हो र कुनै विशेष ऋण उपकरण सम्बन्धी मूल्याङ्कन होइन। रेटिङ प्रतीकसँग जोडिएको + (प्लस) वा – (माइनस) ले सम्बन्धित रेटिङ वर्गभित्रको सापेक्ष स्थिति जनाउँछ।

Esewa
Crest

यो रेटिङ मूल्याङ्कनले कम्पनीको पर्याप्त पूँजीकरण प्रोफाइल र सोल्भेन्सी अनुपात (हालको व्यवसाय मापदण्डका लागि) लाई ध्यानमा राखेको छ, जसले प्रस्तावित प्रारम्भिक सार्वजनिक प्रस्ताव पछि अझ सुधार हुने अपेक्षा गरिएको छ। कम्पनीले २२ करोड ५० लाख रूपैयाँ बराबरको प्राथमिक शेयर निष्काशनको प्रस्ताव गरेको छ।

इक्रा नेपालले यसको सञ्चालन मापदण्डको लागि पर्याप्त शाखा सञ्जाल (४१ शाखा/उपशाखा र विस्तार काउन्टरहरू) र बढ्दै गएको व्यवसाय मात्रा (कुल बीमाशुल्क आम्दानीमा वृद्धि ८.३ गुणा) लाई ध्यानमा राखेको छ।

रेटिङमा बीमा उद्योगमा अनुभवी वरिष्ठ व्यवस्थापन टोली र आन्तरिक लगानी आम्दानीलाई पनि समावेश गरिएको छ, जसले अन्डरराइटिङ घाटा भएपनि यसको समग्र नाफा समर्थन गरिरहेको पक्ष उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS