काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा प्रगति गरेको देखिएको छ ।
५२ करोड ५० लाख रुपैयाँ शेयर पूँजी भएको कम्पनीको स्पेसल रिर्जभमा २१ लाख ६४ हजार रुपैयाँ रहेको छ । महाविपत्ती जगेडामा २ लाख १६ हजार रहेको छ । रिडेन्ड अर्निङमा २१ लाख ४३ हजार रहेको छ । अन्य इक्विटीमा ३५ लाख १३ हजार रहेको छ ।
यस अवधिमा कम्पनीले ९ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुलक आर्जन गरेको छ । अघिललो वर्षको यसै अवधिमा कम्पनीले ५ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क बढेको हो ।
यस अवधिमा कम्पनीले ३ करोड ८४ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले १ करोड ७३ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क १२१ प्रतिशतले बढी हो ।
यस अवधिमा कम्पनीले १९ लाख १८ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले १८ लाख ८६ हजार नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा बढेको हो ।












