IME Life New

साउनमा लघु निर्जीवन बीमकले भित्र्याए पौने ८ करोड बढीको व्यापार, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लघु निर्जीवन बीमकले चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो महिनामा पौने ८ करोड रुपैयाँ बढीको व्यापार भित्र्याएका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार ४ वटा लघु निर्जीवनले ७ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यो अवधिमा ती कम्पनीले २८ हजार ४५६ वटा लघु बीमालेख बिक्री गरेका छन्।

Esewa
Crest

साउनमा सर्वाधिक व्यापार भित्र्याउनेमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले ७ हजार ९९२ वटा बीमालेख बिक्री गरेर २ करोड ८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

यसैगरी दोस्रो धेरै व्यापार भित्र्याउनेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले ६ हजार ९७३ वटा बीमालेख बिक्री गरेर २ करोड १ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

त्यस्तै ट्रस्ट माइक्रो इन्स्योरेन्सले ६ हजार १३२ वटा बीमालेख बिक्री गरेर १ करोड ९८ लाख रुपैयाँ र स्टार माइक्रो इन्स्योरेन्सले ७ हजार ३५९ वटा बीमालेख बिक्री गरेर १ करोड ७४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS