IME Life New

लघु निर्जीवन बीमकले ११ महिनामा भित्र्याए करिब ८५ करोडको व्यापार, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लघु निर्जीवन बीमकले चालु आर्थिक वर्षको ११ महिना जेठसम्म करिब ८५ करोड रुपैयाँको व्यापार भित्र्याएका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको जेठसम्मको तथ्यांकअनुसार ४ वटा लघु निर्जीवन बीमकले ३ लाख ३९ हजार २१४ वटा बीमालेख बिक्री गरेर ८४ करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

Esewa
Crest

चालु आर्थिक वर्षको ११ महिनामा सबैभन्दा बढी व्यापार भित्र्याउनेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले ९२ हजार ७६२ वटा बीमालेख बिक्री गरेर २३ करोड ७९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

दोस्रो धेरै व्यापार भित्र्याउनेमो प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले ८७ हजार ५९९ वटा बीमालेख बिक्री गरेर २२ करोड १० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

त्यस्तै जेठसम्म स्टार माइक्रो इन्स्योरेन्सले ९१ हजार १८९ वटा बीमालेख बिक्री गरेर २० करोड १७ लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्सले ६७ हजार ६६४ वटा बीमालेख बिक्री गरेर १८ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS