IME Life New

लघु जीवन बीमकको व्यापार झन्डै १ अर्ब, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको १० महिना वैशाखसम्म लघु जीवन बीमकले झन्डै १ अर्ब रुपैयाँको व्यापार भित्र्याएका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार ३ वटा लघु जीवन बीमकले १५ लाख ७८ हजार ६५१ वटा बीमालेख जारी गरेर ९८ करोड २६ लाख रुपैयाँबराबरको कुल बीमाशुल्क आर्जन गरेका हुन्।

Esewa
Crest

वैशाखसम्म सबैभन्दा धेरै व्यापार भित्र्याउनेमा गार्डियन माइक्रो लाइफ रहेको छ। यो कम्पनीले १० लाख ६० हजार ८३२ वटा बीमालेख जारी गरेर ३७ करोड ३६ लाख रुपैयाँबराबरको कुल बीमाशुल्क आर्जन गरेको छ।

दोस्रो धेरै व्यापार भित्र्याउनेमा क्रेस्ट माइक्रो लाइफ रहेको छ। यो कम्पनीले वैशाखसम्म ३ लाख ८८ हजार ९१० वटा बीमालेख बिक्री गरेर ३६ करोड २३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

यसैगरी वैशाखसम्म लिबर्टी माइक्रोले १ लाख २८ हजार ९०९ बीमालेख बिक्री गरेर २४ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS