IME Life New

लघु जीवन बीमकको व्यापार साढे ८५ करोड माथि, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)सम्म लघु जीवन बीमा कम्पनीले साढे ८५ करोड रुपैयाँ बढीको व्यापार गरेका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार ३ वटा लघु जीवन बीमकले चैतसम्म ८ लाख ६० हजार ६३ वटा बीमालेख जारी गरेर ८५ करोड ५६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

Esewa
Crest

चैतसम्म सबैभन्दा धेरै व्यवसाय भित्र्याउनेमा गार्डियन माइक्रो लाइफ रहेको छ। यो कम्पनीले ५ लाख ७८ हजार ७६७ वटा बीमालेख जारी गरेर ३२ करोड ५८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

दोस्रोमा क्रेस्ट माइक्रो लाइफ रहेको छ। चैतसम्म यो कम्पनीले १ लाख ७० हजार ८२० वटा बीमालेख बिक्री गरेर ३२ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

त्यस्तै लिबर्टी माइक्रो लाइफले चैतसम्म २० करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो अवधिसम्म कम्पनीको कुल सक्रिय बीमालेख संख्या १ लाख १० हजार ४७६ वटा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS