IME Life New

दुई महिनामा लघु जीवन बीमकले भित्र्याए साढे १५ करोड माथिको व्यापार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो दुई महिना भदौसम्म लघु जीवन बीमकले साढे १५ करोड रुपैयाँ माथिको व्यापार भित्र्याएका छन्।

नेपाल बीमा प्राधिकरणका अनुसार ३ वटा लघु जीवन बीमकले भदौसम्म १८ लाख ९४ हजार २३९ वटा बीमालेख जारी गरेर १५ करोड ६४ लाख ९१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

Esewa
Crest

भदौसम्म सर्वाधिक व्यापार भित्र्याउनेमा क्रेस्ट माइक्रो लाइफ रहेको छ। यो कम्पनी ४ लाख ६२ हजार ७५९ वटा बीमालेख जारी गरेर ५ करोड ६३ लाख ५२ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।

यसैगरी गार्डिन माइक्रो लाइफले १२ लाख १० हजार २२७ वटा बीमालेख जारी गरेर ५ करोड ६३ लाख ७ हजार रुपैयाँ र लिबर्टी माइक्रो लाइफले २ लाख २१ हजार २५३ वटा बीमालेख जारी गर्दै ४ करोड ३८ लाख ३२ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS